स्यारोनकोे आरोप

शनिबार, १४ साउन २०७४, ०५ : ५५ शुक्रवार
स्यारोनकोे आरोप

बाँच्न मात्र पर्छ के–के देख्न पाइन्छ भने जस्तै भएको छ, नेपाली फिल्म उद्योग ।  असार महिनायता उद्योगमा एकपछि अर्कोे यस्ता घटना घटिरहेका छन्, जसले फिल्म उद्योगमा तरंग सिर्जना गराएको छ । घटनाको यस्तै चाङमा थपिएकी छन्, ‘सायद २’ की अभिनेत्री स्यारोन श्रेष्ठ । स्यारोनले फिल्म निर्माता सुनिल रावललाई सुटिङको समयमा यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उद्योगमा  एक पटक पुनः हलचल मच्चिएकोे छ । स्यारोनले रावललाई सुटिङको समयमा मानसिक तनाव दिएको र पारिश्रमिक बापतको रकम पनि नदिएको आरोप लगाएकी छन् । 
त्यसो त आरोपको शृंखला रावलले नै सुरु गरेका थिए, स्योरोनलाई आफ्नो एक करोडमा मोज गर्न आएको बताएर । फेरि त के थियो, रावलका विरुद्धमा पालैसँग उनैले उद्योगमा ल्याएका कलाकार खनिए । अस्ट्रेलियामा रहेकी प्रकृति श्रेष्ठले पनि रावलको खोइरो खन्दै स्ट्याटस लेखिन् भने संगीतकार हरकुलिस बस्नेतले पनि रावलले दिएको दुःखकोे फेहरिस्त लेखिपठाए । 
अहिले रावलका विरुद्ध जे जति आरोप लागे पनि प्रश्न उठ्छ, ठीक छ रावलले माथि उल्लेखित सबैलाई अत्याचारै गरेका रहेछन् तर यी सबै कुरा भन्नलाई यही समय कुर्नपर्ने थियो र ? अत्याचार नै भएको भए पहिला भन्न सकिन्नथ्यो ? 

 

Leave A Comment