कसरी फलले गर्छ, अनुहारको हेरचाह

मङ्गलबार, १७ साउन २०७४, १० : २१ शुक्रवार , Kathmandu
कसरी फलले गर्छ, अनुहारको हेरचाह

हामीले खाने गरेका फलले धेरै किसिमको फाइदा दिने गर्छ । फलले हामीलाई शक्ति दिने गर्छ, यसले हामीलाई स्वास्थ्य पनि बनाउने गर्छ । कुन फलको प्रयोगले अनुहारको हेरचाह गर्ने सकिन्छ :
आँप :
आँपलाई फलको राजाको रुपमा लिइन्छ । यसमा भिटामिन ए, सि, इ, के, मिनरल, क्याल्सियम र म्याग्नेसियम हुने गर्छ । यसले एन्टिअक्सिडेन्टको रुपमा काम गर्ने गर्छ । आँपलाई अनुहारमा लगायो भने यसले अनुहारलाई ताजगी, जवान र गोरो बनाउन मद्दत गर्छ ।  यसले अनुहारमा रहेको चाउरीलाई कम गर्ने काम गर्छ ।
कागती :
कागतीमा भिटामिन सि र मिनरलको मात्रा बढी हुन्छ । कागतीलाई जहिले पनि पानीमा मिसाएर प्रयोग गर्नुपर्छ । नत्र भने कागतीले अनुहारलाई बिगार्न सक्छ । लगातार कागतीको प्रयोग ग¥यो भने अनुहार सफा र गोरो हुन्छ ।
स्याउ :
स्याउलाई स्किन टोनर पनि भनिन्छ । यसले अनुहारलाई बलियो र रगतको संचारमा महŒवपूर्ण भूमिका खेल्छ । यसमा एन्टिअक्सिडेन्टको गुण हुन्छ । यसका साथै यसमा फ्रुट एसिड हुन्छ, जसले अनुहारलाई सफा राख्छ । हरेक दिन स्याउको रसलाई अनुहारमा लगायो भने यसले अनुहारलाई सुन्दर बनाउँछ ।
मेवा :
मेवामा भिटामिन ए, बि, सि, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट हुन्छ । मेवामा पपेन नामको एन्जाइम हुन्छ, यसले अनुहारमा मरेको कोशहरुलाइ हटाइदिन्छ ।
केरा :
केरामा पोटासियम र भिटामिन सि हुन्छ । यसलाई फेस र हेयर प्याक दुवैका रुपमा प्रयोग गर्न सकिन्छ । केरालाई मुछेर अनुहारमा लगाएर केहीबेरपछि अनुहारलाई सफा पानीले सफा ग¥यो भने अनुहार चम्किलो हुन्छ ।

 

Leave A Comment