अनुहारलाई घामबाट बचाउनुस्

बिहिबार, १९ साउन २०७४, १२ : ०७ शुक्रवार , Kathmandu
अनुहारलाई घामबाट बचाउनुस्

गर्मीयाममा कडा घाम लाग्ने गर्छ । घाममा निस्कँदा छाला डढ्ने समस्या हुन्छ । जाडो मौसममा भन्दा गर्मी मौसममा छालामा धेरै समस्या हुन्छ । गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँ–पोतो पर्ने र अनुहारमा कालो धब्बा बस्ने समस्याहरु देखिन्छन् । यस्तो बेला छालामा चिल्लोपन पनि बढी देखिने गर्छ ।
गर्मीले गर्दा घामको ताप शरीरको भित्री भागसम्म पुग्छ । घाममा भएको बेला बाहिर निस्कँदा किरणले छालाभित्र रहेको तैलीय पदार्थ पगालिदिन्छ । जसले गर्दा गर्मीमा अनुहारबाट धेरै चिल्लोपना आउने गर्छ ।
अनुहारको चिल्लोपन कम गर्न क्लिनिङ लोसन प्रयोग गर्न सकिन्छ । यसले सतहमा भएको अनावश्यक पदार्थ सफा गर्छ । अनुहारमा आउने चिल्लोलाई निस्कनबाट रोक्नु हुँदैन । यसका लागि रुमाल प्रयोग गर्न सकिन्छ । रुमालले तेल सोस्ने काम गर्छ । धेरै घाममा बस्यो भने सूर्यका किरणले छालाका केही अंश नाश गर्न सक्छ । मरेका अंशका कारण अनुहारमा धब्बा देखिन सक्छ ।
बाहिर निस्किदा आफ्नो अनुहारलाई मिल्ने खालको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले छालामा हुने मेलेनिन बनाउने कोषलाई हानी पु¥याउँछ । यसले स्किन क्यान्सर हुन सक्छ ।
अधिकांश मानिसहरु घरबाट निस्कनै लाग्दा सन क्रिम लगाउँछन् । यो सरासर गलत तरिका हो ।  घरबाहिर निस्कनु १०–१५ मिनेट पहिले सन क्रिम अनुहारमा लगाउनुपर्छ । दुई–तीन घण्टा घरबाहिर भएपछि फेरि सन क्रिम लगाइराख्नु पर्छ । जो मान्छे घाममा धेरै समयसम्म बस्छ, उसले सन क्रिम लगाउनु पर्छ । जो मानिस कम्प्युटरका अघिल्तिर धेरै समय बस्छन्, उसले पनि सन क्रिम लगाउनु जरुरी हुन्छ । स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सन क्रिमको प्रयोग गर्दा राम्रो हुन्छ ।

 

Leave A Comment