सुशीलको डबल फ्लप

बिहिबार, १९ साउन २०७४, १२ : ११ शुक्रवार , Kathmandu
सुशीलको डबल फ्लप

अनमोल केसीलाई ‘होस्टल रिटन्र्स’मा रिप्लेस गर्दा धेरैले सुशील श्रेष्ठलाई अनमोललाई समेत टक्कर दिने अभिनेता भनी चर्चा चलेको थियो । फिल्म हिट भएपछि चर्चालाई भरथेग नै भयो तर त्यसयता दुइटा फिल्म लगालग फ्लप भएपछि अनमोलसँगको टक्कर त परको कुरा सुशीलको करियर नै संकटमा परेको चर्चा सुनिन थालेको छ ।
दुई हप्ताको अन्तरमा प्रदर्शनमा आएका ‘कारखाना’ र ‘सायद २’ नचलेपछि यस्तो अनुमान थालिएको हो ।

सुशीलको पहिलो फिल्म ‘होस्टल रिटन्र्स’ हिट भए पनि सफलताको क्रेडिट सुशीलले हैन नाजिर र सुशील सिटौलाले लगेका थिए । उनको अभिनय औसत मानिएको थियो । त्यसपछि सुशीललाई ‘कारखाना’ र ‘सायद २’बाट ठूलो भरोसा थियो तर दुवै फिल्मले निर्माता डुबाए ।
बलेको आगो मात्र ताप्ने संसारकै पुरानो प्रचलन हो । पहिलो फिल्म चलेकै कारण उनले थप दुई फिल्म पाए तर दुवै फिल्म निभेपछि सुशीललाई लिने निर्माता तर्कने कुरामा शंकै छैन । डबल फ्लपले सुशीललाई कति असर गर्छ, त्यो हेर्न भने केही समय कुर्नैपर्छ ।

 

Leave A Comment