‘रानीमहल’मा प्रदीपलाई १५ लाख

शनिबार, २१ साउन २०७४, १२ : ०३ शुक्रवार , Kathmandu
‘रानीमहल’मा प्रदीपलाई १५ लाख

फिल्म फ्लप हुँदा कति असर गर्छ, सुशील श्रेष्ठलाई हेरे भयो । बजारमा हिरोको अभाव भएर सौगात मल्ल र दयाहाङ राईकै भाउ बढेर १३ लाख छेउछाउ पुगिसक्यो तर ‘सायद २’ यता सुशीलले नयाँ फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन । ‘प्रेमगीत २’को तीन दिनको इनिसियल व्यापारले प्रदीप खड्कालाई भने महँगो कलाकार बनाएको छ । उनले नयाँ फिल्ममा १५ लाख पारिश्रमिक लिएको खबर छ ।

स्रोतका अनुसार ‘रानीमहल’ शीर्षकमा बन्न लागेको फिल्ममा प्रदीप १५ लाख पारिश्रमिक लिएर अनुबन्धित भएका हुन् । फिल्मको डिटेल बाहिर आएको छैन तर फिल्मलाई ‘लुकामारी’ निर्माताको समूहले बनाउन लागेको हल्ला छ । हिरोइनमा भने सन्ध्या केसी फाइनल भएकी छन् । ‘ड्रिम्स’बाट डेब्यु गरेकी सन्ध्याले पछिल्लो समय ‘कमलेको बिहे’ र ‘कथा काठमाडौँ’मा अभिनय गरेकी छन् ।
‘प्रेमगीत’ का शृंखला हिट भएसँगै प्रदीप महँगा अभिनेताको दौडमा सामेल भएका छन् । प्रदीपभन्दा बढी अनमोल केसीले मात्र पारिश्रमिक लिँदै आएका छन् । अनमोलले सुटिङरत फिल्म ‘कृ’का लागि २० लाख लिएका थिए । जसरी अनमोलले आफ्नो स्टारडम प्रमाणित गरेका छन्, त्यसरी नै प्रदीपले भने आफैँलाई प्रमाणित गर्न बाँकी छ । त्यो तबसम्म प्रमाणित हुन्न, जबसम्म ‘प्रेमगीत’ शृंखलाभन्दा बााहिर गएर प्रदीपले दर्शक हलसम्म दर्शकलाई तान्दैनन् ।

Leave A Comment