करिब ४ करोड स्मार्टफोनमा भाइरस आक्रमण

शनिबार, २१ साउन २०७४, १२ : १५ शुक्रवार , Kathmandu
करिब ४ करोड स्मार्टफोनमा भाइरस आक्रमण

एक अध्ययनका अनुसार विश्वका करिब चार करोड स्मार्टफोन एउटा नयाँ भाइरस ‘जुडी’ को चपेटामा पर्ने देखिएको छ । साइबर सुरक्षासम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो अध्ययनमा जनाएअनुसार ८५ लाखदेखि ३ करोड ६५ लाखसम्म एन्ड्रोइड स्मार्टफोन जुडी भाइरसको आक्रमणमा पर्ने खतरा छ ।
जुडी एउटा आफैँ क्लिक हुने विज्ञापनरुपी भाइरस हो । कोरियाको एक कम्पनीले विकास गरेको यो भाइरस विभिन्न ४१ वटा एपमा पाइएको छ । यस भाइरसले आफ्नो चपेटामा पारेका स्मार्टफोनहरुको माध्यमबाट विभिन्न विज्ञापनहरुमा ठूलो संख्यामा नक्कली क्लिक गर्छ, जसले यस्ता एप बनाउनेहरुले क्लिकको आधारमा विज्ञापनदाताबाट रकम कमाउन सक्छन् ।
यो भाइरसको आक्रमणबाट कुन–कुन देशका स्मार्टफोनहरु प्रभावित भएका छन् भन्ने तथ्य भने अहिलेसम्म खुल्न सकेको छैन । चेकप्वाइन्टको सिफारिसमा गुगलले प्ले स्टोरबाट यस्ता भाइरस एपहरु हटाइदिएको छ ।
यसअघि वानाक्राई नामक फिरौती माग्ने भाइरसले विश्वका १ सयभन्दा धेरै देशमा आक्रमण गरेको थियो । उक्त भाइरसले रुस, बेलायतलगायत कैयन् देशका कम्प्युटरलाई संक्रमित बनाएको थियो । उसले एक्सपीजस्ता पुराना अपरेटिङ सिस्टम भएका कम्प्युटरलाई बढी निसाना बनाएको थियो ।
साइबर आक्रमणकारीले वानाक्राइको सहायताले कम्प्युटरका फाइल र डाटाहरुलाई लक गर्दथे । वानाक्राइको आक्रमणमा पर्ने कम्प्युटरको स्क्रिनमा म्यासेज लेखिएको हुन्थ्यो । जसमा साइबर आक्रमणकारीले लक गरिएका कम्प्युटर डाटालाई अनलक गर्न फिरौती माग गथ्र्यो ।
पछिल्लो विज्ञापन भाइरस जुडीले स्मार्टफोन प्रयोगकर्तालाई प्रत्यक्षरुपमा कुनै आर्थिक नोक्सानी नपु¥याए पनि प्रयोगकर्ताको स्मार्टफोनमा इन्स्टल भएर एपहरुमा देखिने विज्ञापनमा अनावश्यक रुपमा निरन्तर क्लिक गरिदिन्छ । यसबाट आक्रमणकारीले स्मार्टफोन प्रयोगकर्ताको नाम बेचेर अनुचितरुपमा विज्ञापनदाताबाट आर्थिक लाभ लिन पाउँछन् ।

Leave A Comment