अनि हास्यकलाकार भएँ..

शनिबार, २१ साउन २०७४, १२ : २२ शुक्रवार , Kathmandu
अनि हास्यकलाकार भएँ..

१. सुरवीर पण्डित
१२ वर्षदेखि म कलाकार बन्ने कोसिसमा नै छु । यसका लागि म मिहिनेत गरिराखेको छु । मलाई सानैदेखि कलाकार बन्ने रुचि थियो । म आफ्नो प्रेरणाको स्रोत कृष्ण मल्ल, रमेश बुढाथोकी लगायतलाई मान्छु । यसपालि मेरो गाईजात्राको केही कार्यक्रम छैन ।
२. सुजित थापा
मलाई सानैदेखि कलाकार बन्ने रहर थियो । झन् त्यसमा पनि मलाई अरुलाई हँसाउन निकै मन पथ्र्यो । स्कूलमा पढ्ने बेलामा पनि म स्कूले कार्यक्रममा भाग लिन्थेँ । म आफ्नो प्रेरणाको स्रोत हरिवंश आचार्यलाई मान्छु । यसपालि गाईजात्राको अवसरमा विदेशमा मेरो कार्यक्रमहरु रहेको छ ।
३. रक्षा श्रेष्ठ  
कलाकारिताको दाइहरुले मलाई एउटा फेसन सोमा देख्नु भयो । उहाँहरुले मलाई एक्टिङको प्रस्ताव राख्नु भयो । त्यहीँबाट मेरो कलाकारितको यात्रा सुरु भयो । सानोमा म एक्टिङ गर्छुजस्तो मलाई लागेको थिएन । यसपालि मेरो गाईजात्राको कार्यक्रम छैन ।
४. सुरेश थापा ‘दर्शने’
मलाई मान्छेहरुले ‘मेरी बास्सै’बाट चिन्छन् । सानोमा मलाई राजेश हमाललाई हेरेर आपूm पनि हिरो बन्छुजस्तो लागेको थियो । म राजेश हमाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतबाट प्रेरित भएको छु । यसपालि गाईजात्रामा मेरो उपत्यकाभित्र मात्रै कार्यक्रमहरु छन् ।
५. किरण केसी
ब्रह्मा, विष्णु र महेश तिनै जनाले बोर्ड मिटिङ बसेर मलाई इमाडोलमा फेला पारेर हास्य कलाकार बनाए । म ड्रामामा काम गर्दागर्दै हास्य कलाकार बनेँ । मलाई सानैदेखि मादल बजेको मन पथ्र्याे । म आफ्नो घरको झ्यालबाट हाम्फालेर रिहर्सल गर्ने जान्थेँ । गाईजात्रामा किरण केसी, शिवहरि पौडेल, लीला भुसाल, सविता गुरुङ, मनोज आचार्य लगायतका कलाकारसँग मेरो पनि कार्यक्रम छ । हेर्न आउनुस् है !
६. दमन रुपाखेती
म दर्शकको रोजाइमा हास्य कलाकार बनेँ । यहाँ जसले हास्य क्षेत्रमा नयाँ कुरा ल्याउँछ, ऊ नै लामो समयसम्म टिकिराखेको हुन्छ । हिरो र हिरोइनको काम केही वर्षपछि सकिन्छ तर हास्य कलाकारको काम सधैँ भइरहन्छ । हास्य कलाकारलाई सदाबहार पनि भनिन्छ । म हलिउडबाट मिस्टर बिन र नेपालको हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, सन्तोष पन्तसँग बढी प्रभावित छु । गाईजात्राको अवसरमा म हरेक वर्ष एउटा भिसिडी ब्रह्मलुट भन्ने निकाल्छु, यसपालि पनि म त्यही निकाल्छु । त्यसबाहेक गाईजात्रा ‘झटारो’ पनि मैले ल्याएको छु । गाईजात्राका लागि भनेर प्रज्ञा प्रतिष्ठानमा मेरो कार्यक्रम छ ।
७. राजु कमेडी
मान्छेहरुमा पीडा, दुःख हुन्छ । त्यसलाई कम गर्ने काम हास्य कलाकारहरुले मात्रै गर्न सक्छन् । त्यसैले म सबैलाई हँसाउनका लागि हास्य कलाकार बनेँ । मलाई स्कुलमा पढ्दा नै एफएममा आउने गाईजात्राको कार्यक्रमबाट प्रभावित थिएँ । म आफ्नो प्रेरणाको स्रोत साम्दे शेर्पालाई मान्छु । यसपालि मेरो गाईजात्राको कार्यक्रम छैन । यसपालिमा म गाईजात्रा आफ्नो परिवार र साथीहरुसँग रमाइलो गरेर मनाउँछु ।
८. कमलमणि नेपाल
म रंगमञ्चको मान्छे हो । मेरो आफ्नो कलाकारिताको यात्रा गुरुकूलबाट सुरु गरेको हो । हसाउन मज्जा आउँथ्यो त्यसैले हास्य कलाकार बने । मैले फिल्महरुमा र भद्रगोल सिरियलमा हास्य कलाकारको रुपमा काम गर्दैछु । स्कुल पढ्दादेखि नै म नाचगानमा भाग लिन्थेँ । यस क्षेत्रमा लाग्न प्रेरणाका स्रोतका रुपमा गुरु सुनील पोखरेललाई मान्छु । यसपालि मेरो गाइजात्राको कार्यक्रम छैन तर तीजको कार्यक्रम छ । हेर्न आउनुहुन्छ ?
९. सागर लम्साल ‘बले’
म कलाकार बन्न दुःख गरिराखेको थिएँ । त्यही समयमा मलाई ‘लोफर’ फिल्मको अफर आयो । त्यसमा मैले खेलेको पात्र धेरैलाई मन प¥यो । त्यसपछि मैले ‘लज्जा’ फिल्म र ‘भद्रगोल’ टेलिभिजन शृंखला गर्न थालेँ । आम जनताले मन पराएपछि, म हास्य कलाकार बनेँ । मलाई सानैदेखि कलाकार बन्ने रुचि थियो । कक्षा ५ मा पढ्दा मलाई अंग्रेजी शिक्षकले ठूलो भएपछि के बन्छौं भनेर सोध्दा म हिरो बन्छु भनेर भनेको थिएँ । गाईजात्राको एक दिने कार्यक्रमहरुमा म साँच्चिकै हिरो हुन्छु ।
१०. हरिवंश निरौला ‘कक्रोज’
हास्य कलाकार बन्ने मेरो कुनै प्लान थिएन । अलिअलि मन पथ्र्याे, त्यसैले हास्य कलाकार भएँ । म यहाँ डान्सर बन्न आएको थिएँ । एकादुई भिडियो पनि मैले गरेको छु । मैले कमेडी सोको अफर पाएँ र काम सुरु गरेँ । म धुर्मुस दाइबाट निकै नै प्रभावित छु । म अहिले ‘भद्रगोल’ टिमले बनाउन लागेको फिल्मको काममा व्यस्त छु । त्यसैले गाईजात्राको कार्यक्रम छैन ।
११. शंकर आचार्य ‘वरिष्ठे’
म त हास्य कलाकारको रुपमा ४० वर्षदेखि काम गरिरहेको छु । म सानैदेखि यस क्षेत्रमा काम गरिरहेको छु र निरन्तर रुपमा लागिरहेको छु । मैले पहिले थिएटरमा काम गरेँ । अहिले ‘भद्रगोल’मा काम गरिरहेको छु । मेरो यसपालि गाईजात्राको कुनै कार्यक्रम छैन ।
प्रस्तुतिः सुस्मिता लाल

 

Leave A Comment