आँखामुनिको कालो घेरा हटाउन

आइतबार, २२ साउन २०७४, ०१ : ०४ शुक्रवार , Kathmandu
आँखामुनिको कालो घेरा हटाउन

आँखा मुनिको कालोपन वा डार्क सर्कल अचेल सबैको समस्या बन्न पुगेको छ । चाहे महिला हुन् या पुरुष तिनको आँखामा कालो घेरा देख्न सकिन्छ । राम्रोसँग निद्रा पूरा नहुनु, बढीभन्दा बढी स्मार्टफोन, कम्प्युटर वा टेलिभिजनमा समय बिताउनु यसका केही प्रारम्भिक कारण हुन सक्छन् । कालो घेरो अर्थात् डार्क सर्कलको समस्या त्यति ठूलो समस्या होइन तर यसले मानिसलाई आफ्नो वास्तविक उमेरभन्दा पाको देखाउँछ । यसलाई बजारमा पाइने सौन्दर्य प्रशाधनको प्रयोगभन्दा घरेलु उपचारले हटाउन सकिन्छ मात्र होइन यसबाट साइड इफेक्ट पनि कम हुन्छ । डार्क सर्कल कम गर्ने तरिकाहरुमा :
–    आलुलाई मसिनो पारेर पिस्नुहोस् र त्यसको रसमा कपासको डल्लो भिजाउनुहोस् । त्यसपछि त्यसलाई आँखा चिम्म पारेर डार्क सर्कल छोपिने गरी उक्त कपासको डल्लोले लगाउनुपर्छ । त्यसपछि १० मिनेटसम्म त्यत्तिकै छाडेर सफा पानीले मुख सफा गर्नुहोस् ।  
–    एक चम्चा गेलभेडाको रसमा कागतीको रस मिसाउनु होस् । यसलाई दिनमा दुई पटक डार्क सर्कल भएको ठाउँमा लगाउनु होस् । यसले डार्क सर्कललाई कम गर्न मद्दत गर्छ ।
–    एक ग्लास गोलभेडाको रसमा पुदिनाको पात, कागतीको रस र नून मिसाएर दिनमा दुई पटक खाने गरेमा डार्क सर्कल कम गर्ने सकिन्छ ।
–    पाँच वटा बदामलाई मसिनो गरेर पिसेर त्यसमा अलिकति दुध मिसाएर पेस्ट बनाउनुहोस् । त्यस पेस्टलाई डार्क सर्कल भएको ठाउँमा लगाउनु होस् । यसो गर्दा पनि डार्क सर्कललाई कम गर्ने मात्र होइन आँखा वरिपरिको छालामा चमक ल्याउने गर्छ ।
–    दैनिक रुपमा सुत्नुअघि भिटामिन ‘ई’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउनाले पनि डार्क सर्कललाई कम गर्न सकिन्छ ।
–    पुदिनाको पातलाई राम्रोसित पिस्नुहोस् र त्यसलाई आँखा वरिपरि लगाउनुस् । यसले पनि डार्क सर्कललाई कम गर्छ । यसका साथै थाकेको जस्तो देखिने आँखालाई पनि राहत दिन्छ ।

 

Leave A Comment