कपाल पातलो भयो ? यसो गर्नुस्

शुक्रबार, २४ असार २०७३, १० : ४८ शुक्रवार , Kathmandu
कपाल पातलो भयो ? यसो गर्नुस्

–    कपाल फोहोर अथवा चिपचिप खालको हुनासाथ नुहाइहाल्नुस् । किनकि, यस्तो कपाल बढी झर्ने अथवा टुक्रने गर्छ ।
–    कपाललाई स्वस्थ राख्न तेल लगाउनुपर्छ । तर, नियमित रूपमा बढी तेल लगाउनाले कपाललाई उल्टो हानि गर्न सक्छ । बढी तेल लगाउनाले टाउकामा रहेका छिद्र टालिन जान्छन्, जसले कपाललाई थप कमजोर बनाउँछ । किनकि, कपाल आफँैले पनि तेल उत्पादन गर्ने गर्छ । तसर्थ, नियमित रूपमा लगाउने तेलको मात्रा थोरै हुनुपर्छ ।
–    बजारमा पाइनले सुगन्धयुक्त तेल लगाउनु हुँदैन । किनकि, यस्ता तेलमा अनेकखालका रसायन मिसाइएको हुन्छ, जसले कपाललाई थप कमजोर बनाइ अझ पातालो बनाउँछ ।
–    रसायनयुक्त हेयर प्याक अथवा मास्कको सट्टा घरमै बनाएका यस्ता प्याक र मास्कको प्रयोग गर्नुपर्छ ।
–    कपाल पातलो छ भने कपाल कलरिङ अथवा ब्लिचिङ गर्ने काम गर्नु हुँदैन । यसको सट्टा बरु कपालमा मेहदी लगाउनुपर्छ । यसले कपाललाई चम्किलो र बलियो बनाउँछ ।
–    पातलो कपाल हुनेहरूले नुहाएपछि कपाल राम्रोसँग सुक्न दिएर मात्र कपाल कोर्नुपर्छ । भिजेको कपाल कोरेमा कपाल बढी खस्छ ।
–    कपाल बढी नै झर्नेगर्छ भने हेयर ड्रायर प्रयोग नगरेकै राम्रो । हेयर ड्रायरले कपाललाई रुखो बनाउँछ, जसले कपाललाई कमजोर बनाउँछ ।
–    कपाल पातलो छ भने नुहाएपछि तौलियाले दह्रोसँग कपाल पुछ्नु हुँदैन । तौलिया कपालमा बिस्तारै राखेर पानी सोस्न दिनुपर्छ । नुहाएपछि कपाल कमजोर भएको हुन्छ । तौलियाले रगडेमा कपाल थप झर्न सक्छ ।

 

Leave A Comment