बजारमा ‘दिल चोर’

मङ्गलबार, २४ साउन २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
बजारमा ‘दिल चोर’

यौन तथा यौनजन्य रोगका बारेमा कलम चलाउने डाक्टर एवं संविधानसभा सदस्य डा. सुबोधकुमार पोखरेलको ‘दिल चोर’ संग्रह बजारमा आएको छ । कविता, मुक्तक तथा हाइकुहरू रहेको ‘दिलचोर’ केही दिनअघि लोकार्पण भएको हो । संग्रहमा पोखरेलले विभिन्न समय लेखेका कविता, मुक्तक र हाइकुहरू समावेश गरिएका छन् ।
सत्याल पब्लिकेसन्सले प्रकाशनमा ल्याएको संग्रहमा पोखरेलका करिब ६ दर्जन कविता, ८ वटा मुक्तक र २ हाइकु रहेका छन् । राजनीतिक, सामाजिक, प्राकृतिक विषयहरूलाई पोखरेलले कवितामा उतारेका छन् । आफैँ सभासदको भूमिकामा रहेका पोखरेल नीति, नियमहरू कार्यान्वयन हुन नसकेका कुरा पनि कवितामा पस्किएका छन् ।

 

Leave A Comment