सिनेसर्कलमा ‘जात्रा’लाई पाँच अवार्ड

बिहिबार, २६ साउन २०७४, १० : ०५ शुक्रवार , Kathmandu
सिनेसर्कलमा ‘जात्रा’लाई पाँच अवार्ड

राजधानीमा सोमबार सम्पन्न ‘सिने सर्कल एवार्ड–२०७४’मा फिल्म ‘जात्रा’ले उत्कृष्ट फिल्मसहित पाँच विधामा अवार्ड जितेको छ । फिल्मका लागि निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा, विपिन कार्की उत्कृष्ट अभिनेता, वर्षा राउत उत्कृष्ट अभिनेत्री घोषित भए ।
अवार्डमा फिल्म ‘छक्का पञ्जा’ले पनि पाँच अवार्ड हात पा¥यो । फिल्मका लागि कविराज गहतराज उत्कृष्ट कोरियोग्राफर, प्रियंका कार्की उत्कृष्ट पपुलर अभिनेत्री, दीपकराज गिरी उत्कृष्ट पपुलर अभिनेता, दीपाश्री निरौला उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयर र सुन्दर श्रेष्ठ उत्कृष्ट पोस्टर अफ द इयर घोषित भए ।
त्यस्तै, फिल्म ‘पुरानो डुंगा’का लागि कालीप्रसाद बास्कोटा उत्कृष्ट संगीतकार, माओत्से गुरुङ र मेनुका प्रधान उत्कृष्ट जोडी, ‘के म तिम्रो होइन र’का लागि हिमाल केसी उत्कृष्ट एक्सन संयोजक, ‘लुट २’का लागि गायिका मीना निरौला उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड पाउन सफल भए भने, ‘पलाँस’का लागि युवराज चौलागार्इं उत्कृष्ट पाश्र्व गायक, ‘गाजलु’का लागि शैलेश श्रेष्ठ उत्कृष्ट ध्वनि मिश्रण अवार्डको दाबेदार बने ।
यसैगरी, ‘वीर विक्रम’का लागि अर्जुन जिसी उत्कृष्ट सम्पादन, ‘बिजुली मेसिन’का लागि नवीन अवाल उत्कृष्ट कमेन्डेबल मुभी अफ द इयर, ‘जय पर्शुराम’का लागि सत्यम राना र सुदीप आचार्य उत्कृष्ट भिएफएक्स अफ द इयर र राजु तामाङ उत्कृष्ट स्टन्ट अफ द इयर, ‘लुट २’का लागि कालीप्रसाद बास्कोटा उत्कृष्ट पपुलर सङ अफ द इयर र सुरेन्द्र पौडेल उत्कृष्ट ट्रेलर अफ द इयर भए ।
सिने सर्कल नेपालले आयोजना गरेको कार्यक्रममा द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँ राशिको लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा भएको अवार्ड वितरण कार्यक्रममा फिल्म ‘माइतीघर’का अभिनेता सिपी लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुने क्रममा भावुक देखिएकी अभिनेत्री सिन्हाले ५१ वर्षअघि अभिनय गरेको नेपाली फिल्मका कारण आज आएर सम्मान हुन पाउ“दा भावुक बनेको बताइन् । सोही फिल्मका गीतका गायक प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र यादव खरेलसहितका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

Leave A Comment