मनसुनमा मेकअप गर्ने तरिका

बिहिबार, २६ साउन २०७४, १० : २२ शुक्रवार , Kathmandu
मनसुनमा मेकअप गर्ने तरिका

वर्षायाममा लगाएको मेकअक बिग्रने र बग्ने समस्या हुन्छ । यस समस्यालाई कम गर्ने घरेलु उपायहरुमा केही यस प्रकार छन्ः
सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग पानीले सफा गर्नुपर्छ । त्यसपछि आइसको टुक्रालाई पातलो सेतो कपडामा बेरेर अनुहारमा ५ देखि १० मिनेटसम्म रगड्ने । यसले अनुहारमा आउने पसिनालाई कम गर्छ, यसले गर्दा मेकअप लामो समयसम्म टिकिरहन्छ ।
बरफको टुक्राले मसाज गरेपछि तौलियाले मुख पुछेपछि अनुहारमा टोनरको प्रयोग गर्न सकिन्छ । मनसुनमा सकेसम्म फाउन्डेसको प्रयोग गर्नु हुँदैन । त्यसको ठाउँमा अनुहारमा पाउडरको बेस तयार पार्नुपर्छ । फेस पाउडरले तपाईंको अनुहारलाई फ्रेस बनाइराख्छ ।
आँखाको सुन्दरता बढाउन पातलो आइलाइनर लगाउन सकिन्छ । आँखालाई हाइलाइट गर्न हल्का रङको आइस्याडो प्रयोग गर्न सकिन्छ । मनसुनमा मस्कारा लगाउँदा वाटर पु्रफ मस्कारा प्रयोग गर्नुपर्छ ।
मनसुनका बेला ओठमा हल्का रङको लिपस्टिक लगाउन सकिन्छ । ओठलाई अझै आकर्षक देखाउन लिप ग्लस पनि प्रयोग गर्न सकिन्छ । वर्षायाममा सकेसम्म कपाललाई बान्दा ठीक हुन्छ । यस्तो बेला हलुका किसिमका गरगहना लगाउनु पर्छ ।

Leave A Comment