ओठको कालोपनको उपचार

सोमबार, ३० साउन २०७४, ०२ : ४७ शुक्रवार
ओठको कालोपनको उपचार

ओठको कालोपनले सबैभन्दा बढी महिलालाई नै चिन्तित बनाउने गरेको छ । जसको कालो होठ हुन्छ, उसले सानो मिहिनेत गर्दा पनि ओठलाई गुलाबी बनाउन सक्छ । तर हामी प्राकृतिक उपचार नखोजी विभिन्न किसिमका क्रिम र कस्मेटिक प्रयोग गर्ने गर्छौं । यसले ओठलाई नकारात्मक असर गरिरहेको हुन्छ ।
कालो ओठ हुँदा धेरैले चुरोट खाने आशंका गर्ने गर्छन् । धेरैजसोले कैयौँ पटक आफूले धूमपान नगर्ने भए पनि ओठ किन कालो हुन्छ भन्ने पत्तो नै पाउँदैनन् । धूमपान नगर्ने व्यक्तिको ओठ कालो हुनु भनेको त्यो स्वाभाविक वा प्राकृतिक रुपमा नै हुनु हो । कतिपय अवस्थामा घरेलु उपाय अपनाएर ओठको कालोपन थोरबहुत क मगर्न सकिन्छ । 
–    राति सुत्नुअगाडि कागतीको रस ओठमा लगाएर सुत्दा ओठको कालोपनलाई कम गर्न सकिन्छ । 
–    ओठमा रातो मुलाको रस लगायो भने पनि ओठको कालोपनलाई कम गर्न सकिन्छ । रातो मुलामा  प्राकृतिक रूपमा नै रातो रङ हुने हुनाले यसले ओठको गुलाबीपनालाई बढाउँछ । 
–    सुन्तलाको ताजा बोक्रालाई ओठमा रगड्दा यसको रसले ओठलाई मुलायम बनाउँछ भने कालोपन घटाउन मद्दत गर्छ ।  
–    नरिवलको पानी, काँक्राको रस र कागतीको रस मिलाएर ओठमा दल्दा ओठको कालोपन कम गर्न सकिन्छ । 
–    ओठको कालोपन कम गर्न बेसारको धुलोलाई पनि केहीबेर ओठमा लगाएर सफा गर्न सकिन्छ । 
–    अनारलाई पिसेर मसिनो बनाई ओठमा केही दिन लगाउँदा पनि ओठको कालोपन कम गर्न सकिन्छ ।
–    सुत्नुअघि गुलाबजल र ग्लिसरिन मिलाएर ओठमा लगाउँदा पनि ओठको कालोपन कम गर्न सकिन्छ । 

Leave A Comment