रियल जोडी नै रिल जोडी

शुक्रबार, २४ असार २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
रियल जोडी नै रिल जोडी

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट–२’ प्रदर्शनको तयारीमा छ । तर, फिल्म रिलिज नहुँदै यही फिल्मबाट डेब्यू हुँदै गरेका एक जोडीको चर्चा भने बढेको छ । फिल्मबाट आयुष्मान देशराज श्रेष्ठ र पारामिता राना नयाँ कलाकारका रूपमा डेब्यू हुँदै छन् । फिल्ममा उनीहरू प्रेम जोडीका रूपमा देखिँदै छन् । अचम्म त के छ भने यिनीहरू फिल्मको मात्र नभएर रियलमा पनि प्रेमी–प्रेमिका हुन् । रोमान्टिक थ्रिलर भनिएको यो फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसमा यी दुई नवकलाकारको हट र बोल्ड दृश्य देख्न सकिन्छ । ‘ब्वायफ्रेन्ड नै जोडी भएकाले मलाई इन्टिमेट सिनहरू दिन सजिलो भयो,’ पारामिताले ट्रेलर लन्च कार्यक्रममा भनेकी थिइन् । पहिलो फिल्म नै रिलिज नभई प्रेमिकाबारे बोल्दा क्रेज घट्ने डर छैन् ? भन्ने प्रश्नमा आयुष्मान त्यस्तो नहुने भन्दै पन्छिएका थिएँ ।

 

Leave A Comment