प्रियंका–आयुष्मानको नाटकै बढी !

शनिबार, १० भदौ २०७४, ०१ : २१ शुक्रवार , Kathmandu
प्रियंका–आयुष्मानको नाटकै बढी !

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेम धेरैका लागि  हैरान पार्ने खबर थियो । कुनै कोणबाट स्वाभाविक नलाग्ने यस जोडीको प्रेमलाई अहिले पनि धेरैलाई पचाउन सकेका छैनन् । चिया गफमा आश्चर्य मान्नेको पनि कुनै कमी छैन । तर यता प्रियंका र आयुष्मानको चर्तिकला पनि कम हैरान पार्ने खालका छैनन् ।
फिल्म ‘ग्याङस्टर ब्लुज’को प्रिमियरमा उनीहरूको चोचोमोचो फेरि एकपटक कानेखुसीको विषय बन्यो ।
समरको सिजन हो, निश्चय नै गर्मी हुन्छ । अझ सानो ठाउँमा धेरै माािनस भेला भएपछि आवाज र मुखबाट निस्किएको सासैले पनि गर्मी बढाउँछ । फिल्मको प्रिमियर थियो, दुई हल मान्छे थिए । स्वभावतः गर्मी पनि थियो । तर, यति धेरै पनि थिएन कि हम्कनै परोस् तर यस्तोमा प्रियंका र आयुष्मान अपवाद थिए । संसारमै नभएको गर्मी दुई जनालाई भएको थियो । प्रियंका आयुष्मानलाई हम्किरहेकी थिइन् बदलामा आयुष्मानले पनि प्रियंकालाई हम्किरहेका थिए । दुवैको चर्तिकला देखिरहेका हैरान हुँदै भनिरहेका थिए ,‘प्रियंका–आयुष्मानको नाटकै बढी !’

 

Leave A Comment