साम्राज्ञीको भिसा नलाग्दा झरनालाई फाइदा

आइतबार, ११ भदौ २०७४, १२ : ४१ शुक्रवार , Kathmandu
साम्राज्ञीको भिसा नलाग्दा झरनालाई फाइदा

पहिलो फिल्म हिट भएसँगै साम्राज्ञी राज्यलक्ष्मी शाहको भाउ अकासिएको छ । उनको भाउ यति उचाइमा छ कि हरकोहीले चिताउन पनि सक्दैनन् । पहिलो फिल्ममा मुस्किलले एक लाख पाएकी उनले दोस्रो फिल्म रिलिज नहुँदै १० लाख माग्न थालेकी छन् र उनलाई यो हैसियत दिएको हो, झरना थापा निर्देशित ‘ए मेरो हजुर २’ले । तर उनले सोही फिल्मलाई बेवास्ता गरेर धुरुक्क बनाएकी थिइन् । ट्रेलर लन्च कार्यक्रममै दुई दुई घण्टा कुराएर उनले यसको झल्को दिएकी थिइन् । यसैबीच, साम्राज्ञी ‘इन्टु मिन्टु लन्डन’को सुटिङका लागि लन्डन जाने भएपछि झरना थापा खङ्ग्रङ्ग परेकी थिइन् । प्रचारप्रसारका लागि मोफसल जाने तयारीमा रहेकी झरनालाई साम्राज्ञीको अनुपस्थितिमा प्रचार प्रभावकारी नहुने हो कि भन्ने आशंका थियो तर साम्राज्ञीको लन्डनको भिसा नलागेपछि भने झरनालाई राहत भएको छ । अब त साम्राज्ञीले नाकका चालले भए पनि फिल्मको प्रचारमा हिँड्लिन् नि !

Leave A Comment