नेल आर्ट गर्ने तरिका

आइतबार, ११ भदौ २०७४, ०१ : ५९ शुक्रवार , Kathmandu
नेल आर्ट गर्ने तरिका

अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ । नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आकृति कोर्नुलाई नेल आर्ट भनिन्छ । नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा भित्रिसकेको छ । नेल आर्ट २५ भन्दा बढी शैलीमा गर्न सकिन्छ । नेपालमा भने पाँच प्रकारका शैली चल्तीमा छन् । नेल आर्ट घरैमा बसेर पनि गर्न सकिन्छ । त्यस्तै कतिपय स्थानमा नेल आर्ट सेन्टर नै खुलेका छन् । घरमै नेल आर्ट गर्न यसो गर्नुस् ः
–    जेल नेल आर्टले नङलाई विभिन्न रङले रङ्ग्याएर विभिन्न आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलरफुल, पेपर आर्ट, वाटरप्रुफ मार्बलर, डट सेप, एल सेप, स्टाम प्रिन्ट आदि स्टाइलमा बनाउन सकिन्छ ।
–    नङलाई विभिन्न आकार दिन जेल नेल एक्सटेन्सन गर्न सकिन्छ । यसमा नङलाई विभिन्न आकार दिने वा लामो बनाउने काम गरिन्छ । एक्सटेन्सन गरेपछि त्यसलाई विभिन्न आकृतिमा रङ्ग्याउन सकिन्छ । यसरी नङलाई सुहाउँदो आकार दिएर रङ्ग्याउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ ।
–    नङलाई विभिन्न आकर दिएर थ्रिडी फूल बनाउन सकिन्छ । ब्रस र पाउडरको सहयोगमा यो काम गर्न सकिन्छ । यस्ता फूल महिना दिनसम्म पनि टिक्न सक्छन् । औँला वा नङको सेप हेरेर सुहाउँदो फूल वा बुट्टाले सजाउन सकिन्छ ।

Leave A Comment