झरीमा रोगबाट बच्नलाई

शनिबार, २५ असार २०७३, ०१ : ३९ शुक्रवार , Kathmandu
झरीमा रोगबाट बच्नलाई

लगातार झरी पर्ने याम सुरु भएको छ । यस्तोमा रुघाखोकी, ज्वरो, फंगल इन्फेक्सन, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ । यस्ता जोखिमबाट झरीको बेला स्वास्थ्यबारे बढी सचेत हुनुपर्छः  

–    झरीको समयमा जन्डिस र टाइफाइडजस्ता रोग लाग्ने जोखिम बढी हुने भएकाले सडकमा बेच्न राखेका स्ट्रिट फुड र पेय पदार्थ भरसक  खानु हुँदैन । सकेसम्म घरमै खानपिन गर्नुपर्छ ।
–    झरीको बेला उमालेको पानी खाने गर्नुपर्छ । जथाभावी पानी खानाले पानीबाट सर्नृे रोग लाग्न सक्छ ।
–    झरी सकिएपछि पानीको दह ठाउँठाउँमा जम्मा भएको हुन्छ, जहाँ  अनेकखालका कीटाणु र ब्याक्टेरिया हुर्किने र बढ्ने गर्छन् । हिँड्दा  यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ । नुहाउँदा एन्टिब्याक्टिरियल साबुन प्रयोग गर्नु लाभदायक हुन्छ ।
–    विशेष गरी महिलाले नुहाइसकेपछि अथवा बाहिरबाट रुझेर आएपछि कपाल सुक्न दिनुपर्छ । चिसै कपाल लिएर काममा जाने, हेल्मेट लगाउने आदि गरे कपाल टुक्रने, झर्ने जोखिम बढ्छ ।  
–    घरबाहिर निस्किँदा छाता अथवा रेनकोट कहिल्यै छुटाउनु हुँदैन । नत्र पानीले भिजेर ज्वरो, रुघाखोकी लाग्न सक्छ ।
–    बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्य –रूपले साबुनपानीले हात धुने गर्नुपर्छ ।
–    ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे लाग्ने भएकाले मलेरिया, डेंगुजस्ता रोग झरीको समयमा लाग्ने सम्भावना बढी हुन्छ । त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल टाग्नुपर्छ अथवा लामखुट्टे भगाउने क्वाइल, स्पे आदिको प्रयोग गर्न सकिन्छ ।
–    भ्mरीमा रुघाखोकी, ज्वरो आदि लाग्ने जोखिम बढी हुने भएकाले यस्तो बेला शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ ।
–    काखी, खुट्टा, औलाको काप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँलाई सुखा राखिएन भने फंगल इन्फेक्सन, दाद आदि हुने जोखिम रहन्छ । त्यही भएर भिजेर आएपछि अथवा नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ । साथै, काखी, काछको सरसफाइमा अतिरिक्त ध्यान दिने, पेन्टी र रुमाल दिनहुँ धोएर मात्र उपयोग गर्ने गर्नुपर्छ ।

 

Leave A Comment