‘दोहोरीको फ्यान म’

आइतबार, २६ असार २०७३, १२ : ४० गोपाल दाहाल , Kathmandu
‘दोहोरीको फ्यान म’

राजेन्द्र घिमिरे, युवा नेता नेपाली कांग्रेस

राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?

 

२०३६ सालको आन्दोलनदेखि नै राजनीतिमा लागेको हुँ ।

अचेल के गर्दै हुनुहुन्छ ?
पार्टीको काममा व्यस्त छु ।

फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सदमा सामाजिक काममा हिँड्छु ।

पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
बिहान ५ बजेदेखि नै पत्रिका पढ्ने, समाचार हेर्ने गर्छु ।

फिल्म हेर्नुहुन्छ ?
पुराना फिल्म हेरिन्छ । पहिला हलमा हेरिन्थ्यो, अहिले युट्युबमा हेर्छु ।

पहिलो पटक हेरेको फिल्म ?
नेपाली फिल्म ‘कान्छी’ ।

फिल्म हलमा हेर्नुभएको पछिल्लो फिल्म ?
‘वीर गणेशमान’ ।

कस्ता गीत सुन्नुहुन्छ ?
मलाई त लोकदोहोरी गीत मन पर्छ । दोहारीको त फ्यानै हुँ ।
 

कस्तो फेसन मन पर्छ ?
आफूलाई जे सजिलो हुन्छ त्यही मन पर्छ । यस्तै हुनुपर्छ भन्ने छैन ।

वर्षमा कति जोर लुगा किन्नुहुन्छ ?
पाँचसात जोर किनिन्छ होला ।

फेसबुक चलाउनुहुन्छ ?
अहिले सबैभन्दा सजिलो यही छ, चलाउँछु नि । देशविदेशका साथीसँग भेट हुन्छ । यसमै समाचार हेर्न पाइन्छ । फेसबुकले गर्दा टीभी बरु कम हेर्न थालेको छु ।

खेल मन पर्छ ?
खेलकुद त हेर्न मन पर्छ तर आफू खेल्दिनँ ।

प्रेम विवाह गर्नभुयो कि मागी ?
मागी बिहे ।

परिवारसँग घुम्न गइन्छ ?
वर्षमा एक पटक श्रीमान्–श्रीमती घुम्न जान्छौँ ।

कुन मोबाइल चलाउनुहुन्छ ?
पहिला सामान्य चलाउँथे । अहिले फेसबुक, भाइबर चलाउनुपर्ने भएकाले सामसुङको जे सेभेन बोक्छु ।

मोबाइलमा मासिक कति खर्च हुन्छ ?
चार हजारजति ।

नेता, कार्यकर्ताबाट कत्तिको फोन आउँछ ?
पार्टीको कार्यक्रम हुँदा बढी आउने हो । अरू बेला दिनमा ४०÷५० कल आउँछ ।

परिवारको खर्च कसरी धानिन्छ ?
परिवारको सामान्य खर्च पसलबाट टर्छ । ठूलै खर्च गर्नुपर्ने अवस्था आयो भने जग्गा जमिन बेच्नुपर्छ ।

 


 

 

Leave A Comment