२ रुपैयाँको हल नछाड्ने दाउ

बिहिबार, ०५ असोज २०७४, ०२ : ५७ शुक्रवार
२ रुपैयाँको हल नछाड्ने दाउ

चाडपर्व फिल्म चल्ने उपयुक्त मौसम मानिन्छ । त्यसैले त क्यालेन्डरमा रातो देख्यो कि फिल्मवाला आफ्नो फिल्म रिलिज गर्न तँछाडमछाड गर्छन् । तर, अघिल्लो हप्ता रिलिज भएको फिल्म ‘२ रुपैयाँ’ले पनि दसैँसम्म फिल्म तन्काउन हप्ता सकिने बेलामा २ रुपैयाँमा फिल्म देखाउने अफर सुरु गरेको छ । त्यसैले त फिल्मले बिहीबार सबैभन्दा पहिला आउने सय तथा पचास दर्शकलाई २ रुपैयाँमै फिल्म देखाउने अफर चालु राखेको छ ।
फिल्मले सबैभन्दा पहिले कुमारी हलमा यस्तो अफर ल्याएको थियो । अफर असरदार देखिएपछि फिल्मले जय नेपाल, सिडिसी र अष्टनारायण हलमा पनि २ रुपैयाँमा फिल्म देखाउने घोषणा गरेको छ । तर निर्माताको यति सस्तोमा फिल्म देखाउने आइडिया बुझिनसक्नु छ । जम्मा दुई तीन सय दर्शक आउने हलमा २ रुपैयाँमै सय जनालाई फिल्म देखाएपछि निर्मातालाई चैँ के आउँछ ? ज्यादाभन्दा ज्यादा दर्शकले हेरुन् भन्ने चाहना हो भने सिधै टुँडिखेलमा देखाए भइहाल्यो नि !

Leave A Comment