तनाव लिने पालो वर्षाको

सोमबार, ०९ असोज २०७४, १२ : ४० शुक्रवार
तनाव लिने पालो वर्षाको

एउटै कलाकारका फिल्म एकै दिन रिलिज हुनु नेपालमा अब कुनै अनौठो रहेन । गए दिन कुनै न कुनै कलाकारका फिल्म एकै दिन रिलिज हुन्छन् । यस्तोमा कलाकारले एउटा फिल्मको पक्ष पोषण गर्न बाध्य हुन्छन् । फलतः अर्को फिल्म निर्माता वा निर्देशकसँग कलाकारले सदाका लागि आफ्नो सम्बन्ध आर्यघाटमा सेलाउँछ ।
यस्तै मोडमा पुगेकी छन् वर्षा राउत । उनी अभिनित दुवै फिल्म एकै दिन रिलिज भएपछि सम्बन्ध कसका लागि बलिदान गर्ने तनावमा छिन् । ‘छक्का पन्जा २’ र ‘मेरो पैसा खोई’ असोज ११ मै रिलिज हुने भएपछि वर्षाको सम्बन्ध धरापमा पर्ने देखिएको हो ।
‘छक्का पन्जा’को समयमा दीपक–दीपाले वर्षालाई खासै भाउ दिएका थिएनन् । तर, पछिल्लो समयमा वर्षाको पनि क्रेज देखेपछि दुवैले वर्षालाई पनि यो साल प्रमोसनमा सँगै हिँडाएका छन् । तर, फिल्ममा वर्षा मुख्य भूमिकामा नभई सहायक भूमिकामा रहेको चर्चा छ । यता, ‘मेरो पैसा खोई’ मा भने वर्षा मुख्य भूमिकामा छिन् । उनले फिल्म खेल्न पनि निर्मातासँग राम्रै पैसा असुलेकी थिइन् ।
तर अनपेक्षित रुपमा एकै मितिमा दुवै फिल्म रिलिज हुने भएपछि स्वभावतः वर्षा तनावमा छिन् ।  

 

Leave A Comment