तपाईको चासो

आइतबार, २६ असार २०७३, ०१ : ०४ शुक्रवार , Kathmandu
तपाईको चासो

म २५ वर्षीया विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्बन गर्नुहुन्छ । ओठ निकै बेर चुस्नुहुन्छ । चुम्बनमा बढी नै समय बिताउनुहुन्छ । उहाँले किन यसो गर्नुभएको होला ?
जी

प्रेम आफ्नो चरमसीमामा पुगेका बेला स्त्रीपुरुषका मनले  एकअर्काका अंगमा कुनै फरक देख्दैनन् । त्यसैले सम्भोग चाहना तीव्र भएपछि उनीहरू एकअर्काका यौनांगलाई चुम्न तथा चुस्न थाल्छन् । कतिपय आपत्तिजनक भनिने क्रियाकलाप गर्न जोडीहरू पछि पर्दैनन् । सम्भोग क्रीडामा यस्ता क्षणहरू कहिलेकाहीँमात्र आउँछन् । अधिकांश लामो समयसम्म टाढा रहेर मिलन हुँदा सम्भोग जोडीले अंगहरूलाई चुम्नु र चुस्नु सम्भोग क्रियाको हिस्सा नै बनिसकेको छ ।
पुरुषले स्त्रीलाई अँगालोमा बाँधेर प्रेमक्रीडा आरम्भ गर्छ । त्यसपछि उसले स्त्रीका ओठ, गाला, गर्दन र स्तन आदि केन्द्रमा चुम्बन गर्न थाल्छ । स्त्रीको शरीरमा केही अंग विशेष कामकेन्द्र मानिएका छन्–   निधार, कान, कपाल, ओठ, परेला, स्तन, गाला, दाँत, जिब्रो आदि । आलिंगन सँगै चुम्बन जारी राख्नुपर्छ । ओठ चुस्नु अत्यन्तै प्रभावकारी हुन्छ । यस चुम्बनमा  स्त्रीपुरुष दुवैलाई अन्य चुम्बनका अपेक्षा बढी सुख अनुभूत हुन्छ ।
स्तन स्त्रीको सम्भोग चेतनाको प्रमुख केन्द्र हुन् । स्तनको आकर्षणले पुरुषको मनमा सम्भोग कामना जगाउँछ । स्तन मुर्सादा र चुम्दा स्त्रीमा सम्भोग चाहनाको ज्वाला दन्किन्छ । अंकमालमा शक्ति लगाएर बाँधिँदा दुवैका छाती एकअर्कामा जोडिन्छन् । छातीको घर्षणले पनि एकअर्कामा उत्तेजना उत्पन्न गर्छ ।
सम्भोग क्रियामा लज्जाका कारण स्त्री पुरुषजसरी सक्रिय रूपमा सहभागी हुन सक्दिनन् । यसतर्फ पुरुषले भिन्न कुरा गरेर उनलाई प्रोत्साहित गर्नुपर्छ । बिस्तारै उनको संकोच हटेपछि उनले आलिंगन, चुम्बन आदि क्रियामा सहभागिता गर्न थाल्छिन् ।
    रतिक्रीडाका लागि समयको निश्चित अवधि तोक्न सकिँदैन । किनभने, केही स्त्री यौनक्रीडा आरम्भ गरिएको केही बेरमै सम्भोगका लागि तत्पर हुन्छन् भने केहीको कामोत्तेजना जागृत हुन बढी समय लाग्ने गर्छ । उनले आफ्नो क्रियाकलापबाट सम्भोग चाहना प्रकट गरेपछि मात्रै विवेकशिल पुरुषले सम्भोग क्रिया थाल्नुपर्छ ।
सम्भोग क्रियामा आफ्नो उत्तेजनामा पूर्ण संयम राखेर पुरुषले स्त्रीले चाहेको समयसम्म आफूलाई क्रियाशील राख्नुपर्छ । अन्यथा, अत्यधिक कामोत्तेजनाका कारण पुरुष मुख्य सम्भोगभन्दा पहिला वा भनौँ स्त्रीले पूर्ण सन्तुष्टि प्राप्त गर्नुअघि नै स्खलित हुन्छ ।

 

Leave A Comment