वलीको चलाखी

बिहिबार, १९ असोज २०७४, ०१ : ३६ शुक्रवार
वलीको चलाखी

रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाँदा कोमल वलीलाई धेरैले सचेत गराएका थिए, छँदाखाँदाको जागिर छाडेर राजनीतिमा गएको राम्रो हुन्न । कोमलको मामलामा शुभचिन्तकको चिन्ता नाजायज थिएन । स्थानीय चुनावमा वलीको पार्टी पत्ता साफ भयो । एकाध ठाउँमा बाहेक कहीँ पनि पार्टीले उपस्थिति देखाउन सकेन । अझ, चुनावलगत्तै पशुपति शमशेर राणाले पार्टी फुटाएर भएभरका सांसद पनि लिएर गएपछि त कमल थापा निकट वलीको विचल्लीमा काखी बजाउनेलाई अरु कुनै बहाना चाहिएन ।
तर वलीले पनि रेडियो नेपालको जागिरमा यत्तिकै भोटा फटाएकी थिइनन् । लहडमा राजनीतिमा लाग्ने निर्णय गरेकी पनि थिइनन् । जब राप्रपामा बसेर केही हुन्न भन्ने देखिन्, उनले बलेको आगो ताप्ने निर्णय गरिन् । अर्थात् एमालेमा प्रवेश गरिन् । तर, उनको चलाखी हेर्नुस्, पार्टी प्रवेश गरेको हप्ता दिन नबित्दै एमालेबाट प्रतिनिधि सभामा दाङबाट टिकट पाएको खबर छ । कसैले राजनीति गर्नु त कोमल वलीले जस्तो !

Leave A Comment