रेखालाई लफडा

आइतबार, २९ असोज २०७४, १० : ४९ शुक्रवार
रेखालाई लफडा

रेखा थापालाई नेपालको नम्बर वन कन्ट्रोभर्सी चाइल्ड भन्दा केही फरक पर्दैन । रेखा र विवाद पर्यायवाची जस्तै हुन् । जहिले पनि केही न केही लफडा परिरहन्छ । अझ फिल्म रिलिज हुने बेलामा त विवाद उधुमै हुन्छ । सधैं हुने लफडा यसपालि किन खेर जान्थ्यो र !
रेखाको निर्माण तथा अभिनय रहेको फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट रिलिज हुँदैछ । तर, रेखाले फिल्म  हलमा लाग्ने दिन नै डिटिएच डिसहोमको च्यानलमा पनि रिलिज हुँदैछ । हलमा र टिभीमा एकै दिन रिलिज भएपछि हलवालाहरुको संस्था चलचित्र संघले रेखाको फिल्म हलमा नलगाउने निर्णय गरेको छ । संघले यस्तो निर्णय गरेसँगै रेखाको फिल्मलाई लिएर हलवाला र निर्माता आमने सामने भएका छन् । यता रेखाले पनि आफ्नो फिल्म जहाँसुकै देखाउन पाउने आफ्नो अधिकार रहेको बताएकी छन् र संघले अटेर गरे अदालतसम्म जाने चेतावनी दिएकी छन् ।
सामाजिक सञ्जाल र न्युजपोर्टलमा छरपस्ट भएको विवाद भोलिका दिनमा कसरी सल्टन्छ त्यो त केही दिनमै थाहा हुन्छ तर फिल्म रेखाले भनेझैं हलमा पनि र टिभीमा पनि रिलिज भयो भने चैं अहिलको फ्रिको पब्लिसिटीले दुवैलाई फाइदा पुग्छ । लफडा होस् त रेखालाई जस्तो ।

Leave A Comment