फ्लप जोडी

आइतबार, १२ कार्तिक २०७४, १२ : ३४ शुक्रवार
फ्लप जोडी

७ वर्षपछि आर्यन सिग्देल र रेखा थापाको जोडी ‘रुद्रप्रिया’ मार्फत स्क्रिनमा आउँदा फिल्मले उधुम मच्चाउने अपेक्षा थियो । यही कारण निर्माताले आर्यन सिग्देललाई फिल्ममा लिन मोटो रकम खर्च गरेका थिए । तर, चाडपर्वको समयमा पनि फिल्मले सुख्खा व्यापार गरेर निर्माताको अपेक्षामा तुषारापात गरेको छ ।
रेखाले बनाएका र खेलेका फिल्म मल्टिप्लेक्समा वर्जित जस्तै थिए । ‘रुद्रप्रिया’बाट मल्टिप्लेक्समा पनि धाक जमाउने रेखाको अपेक्षा थियो । एउटा पत्रकार भेटघाटमा निर्माताले आर्यनले पनि रेखासँग फिल्म खेल्दा तीन दिनसम्म मल्टिप्लेक्स प्याक हुने अपेक्षासहित फिल्म गर्न तयार भएको रहस्य खोलेका थिए । तर, फिल्मका प्रचार सामग्रीले सुरुवातदेखि नै दर्शकमा आकर्षण पैदा गर्न सकेका थिएनन् । यही कारण फिल्मले मल्टिप्लेक्समा अत्यन्त कम सो मात्र पाएन, पाएका शोमा पनि  फिल्मले दर्शक पाएन ।
फिल्मको विषयवस्तु सही हुँदाहुँदै पनि प्रस्तुति कमजोर हुँदा दर्शकले फिल्म नपराएको विश्लेषण गरिएको छ । फिल्म फ्लप हुँदा सबैभन्दा घाटा आर्यनलाई भएको छ । त्यसै पनि आर्यनको फिल्मी करिअर सुस्त छ । अझ अपेक्षा गरेको फिल्म पनि नचलेपछि घाउमा नुनचुक जस्तै भएको छ ‘रुद्रप्रिया’ । योसँगै हिट जोडीको रुपमा रहँदै आएको आर्यन र रेखाको जोडी फ्लपमा दरिएको छ ।

 

Leave A Comment