ब्राइडल अवार्ड खड्कालाई

आइतबार, १२ कार्तिक २०७४, १२ : ४८ शुक्रवार
ब्राइडल अवार्ड खड्कालाई

दक्षिण कोरियाको सोल सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।
कोटेश्वरकी २० वर्षीया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो । नेपालीका लागि अन्तर्राष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले टाइटलसमेत उनले नेपाल भिœयाउने विश्वास आफूलाई रहेको बताए ।
२० देखि २४ अक्टोबरसम्म आयोजना हुने यो अवार्डमा २५ देशका ४५ उत्कृष्ट मोडलहरुको सहभागिता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फस्ट रनर अप विजेता हुन् ।
विभिन्न देशको कला संस्कृति, भेषभूषा प्रदर्शन गर्ने उद्देश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृति झल्कने, मौलिक र राष्ट्रिय पहिरनसहित प्रस्तुति दिनेछिन् ।
देशको कलासंस्कृति अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन र अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड स्वदेश भिœयाउन आफू सहभागी हुन लागेको खड्काले बताइन् ।

 

Leave A Comment