‘व्यवसाय चुनौतीको पर्खाल हो’

मङ्गलबार, २८ असार २०७३, ०१ : ४७ दिलीप पौडेल , Kathmandu
‘व्यवसाय चुनौतीको पर्खाल हो’

मोरङ बेलबारीमा जन्मिएका परशुराम दाहाल उदीयमान युवा उद्योगी हुन् । व्यवसायीमाझ उनी हरि दाहालका नामले परिचित छन् । इँटा उद्योगमा जागिरे जीवन सुरु गरेका दाहाल अहिले उत्सव ओभरसिज प्रालिका कार्यकारी निर्देशक हुन् । ‘उत्सव’ ब्रान्डका जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहेका दाहालसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

यहाँको रुचि ?
फुटबल हेर्ने, समाचार पढ्ने ।
कुन खेलाडी मन पर्छ ?
मेसी ।
किन ?
उसको हरेक खेल आक्रामक हुन्छ ।
मन पर्ने कलाकार ?
राजेश हमाल ।
यहाँको मागी कि प्रेम विवाह भएको हो ?
मागी  विवाह ।
बच्चाबच्ची कति छन् ?
दुई छोरा छन् ।
जीवन के हो ?
संघर्ष हो ।
सपिङ गर्न कहाँ जानुहुन्छ ?
काठमाडौँमै गर्छु ।
सपिङमा मासिक कति खर्च हुन्छ ?
१५ हजारजति ।
तपाईंको खर्च धेरै कि श्रीमतीको ?
मेरै खर्च बढी छ । म धेरै घुमफिर गर्छु ।
कतिखेर बढी खुशी भइन्छ ?
परिवारसँग घुम्दा । आफूले गरेको काम सफल हुँदा ।
जागिर खान सजिलो कि उद्योग चलाउन ?
दुवैमा आ–आफ्ना जिम्मेवारी हुन्छ । तर, जागिर खान सजिलो । उद्योग चलाउन निकै चुनौतीपूर्ण छ ।
कसरी चुनौती छ ?
मान्छे कजाएर खान कठिन छ ।
यहाँको उत्पादनका विशेषता के छन् ?
उत्सव ब्रान्ड पीएसओ सर्टिफाइड जुत्ताचप्पल उत्पादन गर्ने कम्पनी हो । हाम्रो पीयु प्रविधिको उत्पादनले चिनियाँ जुत्ताचप्पललाई प्रतिस्थापन गरेको छ । गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकोले हाम्रो उत्पादनले बजारमा बलियो हिस्सा ओगटेको छ । भारतबाट भन्सार छलेर ल्याएका जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्नुपर्दा कठिन पनि छ । हाम्रो डिजाइनलाई अरू कम्पनीले कपी गर्ने गरेका छन् । गुणस्तरमा हामी कसैसँग सम्झौता गर्दैनौ ।
बजार र उत्पादनको अवस्था कस्तो छ ?
दैनिक पाँच हजार जोर चप्पल उत्पादन हुन्छ । मुलुकभर बिक्री हुन्छ । तीन सय बिक्री केन्द्र रहेका छन् । बिक्रेताको सञ्चालनमार्फत बिक्री गर्ने गरेका छौँ ।
यहाँको ब्रान्ड किन प्रयोग गर्ने ?
अरूभन्दा निकै टिकाउ रहेको छ । प्रयोग गर्न निकै आरामदायी छ । वातावरण र स्वास्थ्य अनुकूल छ । पसिना आउने, पैताला पोल्नेहरूका लागि पनि चिकित्सकले समेत यही चप्पल प्रयोग गर्न सिफारिस गर्छन् ।
कति जनालाई रोजगारी दिनु भएको छ ?
तीन सयलाई ।
व्यवसाय के हो ?
चुनौतीको पर्खाल हो । बजारको मागअनुसार चल्न सकेन भने डुब्ने खतरा उत्तिकै भएकाले व्यवसाय चुनौतीको पर्खाल हो ।
कसरी यो व्यवसायमा आउनुभयो ?
सुरुमा म इँटा उद्योगमा जागिर गर्थें । विभिन्न जिल्लामा सर्वेक्षण गर्दा जुत्ताचप्पल उद्योग चलाउन सकिन्छ भन्ने ठानेर यता लागेको हुँ ।
सबैभन्दा राम्रो पेशा कुन हो जस्तो लाग्छ ?
जुन पेशा गरे पनि आफूलाई ऊर्जाशील महसुस हुनुपर्छ ।
सबैभन्दा मन पर्ने उद्योगपति ?
चौधरी गु्रपका विनोद चौधरी ।
प्रतिस्पर्धा के हो ?
प्रतिस्पर्धा नभएको व्यवसाय नै हुँदैन । अहिले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ । बजार र उपभोक्ताले खोजेको चिज दिन सक्नुप¥यो । सही मूल्य र उपभोक्ताको रुचिलाई ध्यान दिनुपर्छ ।
व्यावसायिक भविष्य कस्तो छ ?
राजनीति राम्रो नभएकोले निकै जोखिम रहेको छ ।
नयाँ पुस्तालाई सुझाव ?
काम÷जागिर पाइएन भन्नेप्रति मेरो असहमति छ । धैर्य गरेर मेहनत गर्नुपर्छ सबै चिज यहीँ पाइन्छ ।

 

Leave A Comment