‘जे काम गरेपनि प्रेमपुर्वक गर्नुपर्छ,’ उनको स्पष्ट धारणा छ । उनको खास नाम पनि प्रेम हो, प्रेम भोम्जन लामा । फिल्म क्षेत्रमा उनी पुष्कर लामाका रुपमा चिनिन्छन् । यस क्षेत्रमा आउनका लागि उनले के गरेनन् ? हुँदाखाँदाको रेस्टुराँको जागिर छाडे, दाइहरुको गाली पनि खाए, कुकको काम पनि गरे अनि अँध्यारोमा प्रकाश दिने (लाइटम्यान) काम पनि गरे । हाल पर्दा पछाडि रहेर फिल्मको प्रोडक्सन डिजाइनरको काम गर्छन् । त्योभन्दा पनि महत्वपूर्ण उनी अहिले नेपाल फिल्म प्राविधिक संघका अध्यक्ष हुन् । विदेशमा नेफ्टा अवार्डको आयोजना उनकै संयोजकत्वमा सुरु भएको हो । उनी संयोजक रहेर मलेसिया, हङकङमा नेफ्टा अवार्ड गरे । अघिल्लो वर्षमात्र दुबईमा गरे । प्राविधिकको नेता भएयता आफ्ना बारेमात्र नभएर सयौं फिल्म प्राविधिकको हितमा सोच्नु उनको दायित्व हो । यिनै लामा आफ्नो फिल्म यात्रा, जीवन संघर्ष र प्राविधिकका समस्याबारे यसरी सुनिए :
१६ वर्षका छँदा म घर (मकवानपुर)बाट काठमाडौं आएँ । कुनै खास उद्देश्य बोकेर आएको थिइनँ । मेरा लागि काठमाडौं आउनु नै ठूलो कुरा थियो । ०४८ सालतिरको कुरा हो । काठमाडौं आएपछि म मैतिदेवीको एउटा रेष्टुराँमा कुुकको काम गर्न थालेँ । मलाई सानैदेखि फिल्मप्रति ठूलो सोख थियो । कलाकार बन्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । म काम गर्ने रेस्टुराँमा फिल्मकर्मीहरु खाजा खान आउँथे । निर्देशक रुद्रराज पाण्डे, कलाकारहरु सारंगा श्रेष्ठ, पवन मैनाली लगायत त्यहाँ आउँथे र फिल्मका कुुरा गर्थे । उनीहरुले गर्ने कुरा मेरा कानले बडो उत्सुुकताका साथ सुुन्थ्यो । जस्तोसुकै काम गरेर भए पनि फिल्म क्षेत्रमा छिर्न पाए हुने भन्ने लाग्थ्यो ।
यत्तिकैमा मलाई ‘मुुकुन्द इन्दिरा’ सिरियलमा काम गर्ने मौका जु¥यो । त्यो सिरियलमा मैले नोकरको भूमिकामा अभिनय गर्ने मौका पाएँ । त्यसपछि त फिल्म खेल्ने चाह झन्झन् बढ्यो । कसरी फिल्म क्षेत्रमा टिकिरहने भन्ने सोच पलायो । त्यो सिरियलमा काम गर्दा मैले फिल्मको सुुटिङमा खाना पकाउने कुुक चाँहिदो रहेछ भन्ने कुरा थाहा पाएँ । रेस्टुरेन्टमा गर्दै गरेको कुकको काम फिल्ममा गर्न पाए त फिल्म क्षेत्रमा प्रवेश गरिन्थ्यो भन्ने लाग्यो । त्यही मौकाको खोजीमा जुटेँ ।
म त्यतिबेला काठमाडौंमा मेरा दुईजना दाइहरुसँग बस्थेँ । उहाँहरु दुवैजना घर निर्माणसम्बन्धी रङ र बिजुलीको काम गर्नुहुन्थ्यो । मलाई केही काम नगरी बसेको भनेर कराउनुहुन्थ्यो । ‘कि आफैँ काम खोजेर गर, कि हामीसँग काममा हिडँ’ भन्दै कराउनुहुुन्थ्यो । उहाँहरुलाई फिल्म क्षेत्रमा लाग्नु काम लाग्दैनथ्यो, बेकार लाग्थ्यो तर मेरो मन कहाँ मान्थ्यो र ? मलाई त फिल्मको भुत चढिसकेको थियो । मेरो मनले त बस् फिल्मकर्मीसँग कसरी घुुलमिल गर्ने, कसरी नजिक हुुने भन्ने मात्र सोच्थ्यो ।
त्यत्तिकैमा एक दिन निर्देशक स्व. दीपक आलोकले मलाई ‘एउटा सिरियलका लागि कुक चाहिएको छ, बिराटनगर जानुुपर्छ तँ सक्छस् ?’ भनेर सोध्नुुभयो । मलाई त ढुुंगा खोज्दा देउतै मिलेजस्तो भइगो नि ! सक्छु भनेँ । सुटिङ थारु बस्तीमा थियो । सिरियलको नामचाहिँ ‘खदमाको गाउँ’ थियो । दीपाश्री निरौला पनि कलाकार थिइन् । त्यही सिरियलबाट कुकका रुपमा परिचित भएँ । ४ वर्षजति त्यसरी कुुकका रुपमा काम गरेँ । विपना थापा, नन्दुुश्री वास्तव, दीपाश्री लगायत कलाकारलाई पनि खाना खुुवाएँ । मेरो काम खाना खुवाउने भए पनि स–साना रोलमा अभिनय गर्ने मौका भने जुरिरहन्थ्यो । मेरो पनि उद्देश्य त्यही नै थियो ।
खाना खुवाउने काम पनि सजिलो होइन । बिहानै पाँच बजे उठ्नुपथ्र्यो । ७ बजे फिल्मको सम्पूर्ण युनिटका लागि नास्ता रेडी गर्नुपथ्र्यो । १ बजे खाना खुवाउनुुपथ्र्यो । कहिलेकाँही कलाकारले धेरै टेक लिए भने हामीले पर्खिनुपथ्र्यो । त्यसो गर्दा खाना सेलाउँथ्यो, फेरि तताएर खुवाउनुपथ्र्यो ।
त्यसपछि मैले ‘शंकर’ फिल्ममा लाइटम्यानको भूमिकामा पनि काम गरेँ । प्राविधिकका रुपमा काम गर्न सुरु गर्ने जो कोहीको लक्ष्य फिल्मको प्रोडक्सनको जिम्मेवारी लिने भन्ने हुन्छ । ०५५ सालतिर मैले सहायक प्रोडक्सन म्यानेजरका रुपमा काम पाएँ । ‘दाग’, ‘माया’, ‘आशीर्वाद’, ‘अजम्बरी’, ‘माया’ लगायत फिल्ममा प्रोडक्सनको जिम्मेवारी लिइयो। ‘आफ्नोपन’ फिल्ममा बढुवा भयो । प्रोडक्सन म्यानेजरका रुपमा काम गरेँ । अहिले त प्रोडक्सन डिजाइनर भइयो । तर हाम्रोतिर प्रोडक्सन म्यानेजर या डिजाइनर भन्नु मात्रै हो, काम सबैको लगभग उही नै हो । डिजाइनर भनेको अहिले स्ट्यान्डर्ड सुनिने मात्रै हो । अहिले पनि मैले गर्दै आएको काम यही हो । हाम्रो काम भने निर्देशकको सम्पूर्ण आवश्यकतालाई परिपूर्ति गर्नु हो । लोकेसन मिलाउने, कलाकार व्यवस्थापन, टेक्निसियन व्यवस्थापन, गाडी र अन्य प्रोपर्टीको व्यवस्थापन सबै काम यसअन्तर्गत पर्छन् । मैले अहिलेसम्म डेढ दर्जनजति फिल्म, २० सिरियल र ५० जति विज्ञापनमा यो भूमिकामा काम गरेको छु ।
४८ घण्टासम्म लगातार नसुुति काम गरेका क्षण पनि छन् । ‘घरपरिवार’ सिरियल सुटिङका बेला एउटाको काम सकिँदा बिहान भएर भोलिपल्ट अर्कोको काम थालेको अवस्था पनि थियो । त्यसैले म मेरा सहकर्मीहरुलाई सधैंँ भन्ने गर्छु, ‘हामी प्राविधिक भनेको मेसिनजस्तै खट्न तयार हुनुपर्छ ।’
प्राविधिकको जीवन त्यति भव्य त हुँदैन तर जेनतेन खान लाउन पुगेको छ । म सधैँ सामान्य जीवन जिउनका लागि तयार हुने र धेरै ठूलो महत्वकांक्षा नबोक्ने भएकाले मलाई जेनतेन पुगेकै छ । कुकहुँदा दिनको ३–४ सय कमाइन्थ्यो । असिस्टेन्ट प्रोडक्सन म्यानेजर हुँदा एउटा फिल्मबाट १८–१९ हजार पाइन्थ्यो । अहिले प्रोजेक्टर हेरेर कम्तीमा दुईलाख रुपैयाँदेखि माथि लिएर काम गरिन्छ ।
मैले यो प्रोडक्सनको क्षेत्रमा काम गरेको १९ वर्ष भइसक्यो । यहाँ जति राम्रो काम गरेपनि जश पाइँदैन । काम सप्रियो भने त्यसको जश आफूले पाइँदैन तर बिग्रियो भने गाली खाइन्छ । मैले कलाकारहरु राजेश हमाल, निखिल उप्रेती, रमित ढुुंगाना, करिश्मा मानन्धर, निरुता सिंह, संचिता लुुइँटेल, जल शाह, धिरेन शाक्य, दिलिप रायमाझी, दिनेश शर्मा, गरिमा पन्त, रमेश उप्रेती, शिव श्रेष्ठ लगायत कलाकारसँग काम गरेको छु । सबैको स्वभावसँग थोरबहुत परिचित छु । राजेश दाइको सुटिङमा ढिला आउने बानी सुधारे हुने भन्ने लाग्थ्यो । दिलिप रायमाझी एकै समयमा धेरै फिल्म साइन गर्ने बानीका कारण सुटिङ जुधिरहेको हुन्थ्यो । संचिता, निरुता एकदमै फ्रेन्डली लाग्थ्यो, एकदमै माया गर्नुहुन्थ्यो मलाई ।
‘आफ्नोपन’ फिल्मको सुटिङबेला घटेको एउटा दुर्घटना म कहिल्यै बिर्सन्नँ । त्यतिबेला म झन्डै मरेको ! दोस्रो जीवन नै पाएँ । धुुलिखेलमा सुटिङ भइरहेको थियो । कोरियोग्राफर शान्ता नेपाली हुनुहुन्थ्यो । क्यामेराको फ्रेममा क्रेन परेपछि क्रेन अपरेटरलाई क्रेन हटाउनू भनेर हप्काइयो । २/३ जनाले हटाउन गाह्रो थियो । म गएँ । क्रेन अनब्यालेन्स भएर मतिर आयो । टाउकोमा लाग्यो । जुन हिसाबले क्रेन ढल्यो त्यसरी हेर्दा क्रेनले मेरो टाउको दुई फ्याक हुनुपथ्र्यो तर भगवानको कृपाले म बाँचे । जुरुक्कै उठेँ । अरुलाई केही भयो कि भनेर उठाउनतिर लागेँ किनकि सबै प्राविधिकको जिम्मेवारी मेरो काँधमा थियो । मैले जिम्मेवारी लिनुपथ्र्यो । पछि कसैलाई केही भएको रहेनछ, मेरोचाहिँ टाउकोमा पाँच टाँका लाउनुपर्यो । त्यसपछि डाक्टरले आराम गर्नु भनेको थियो तर पनि सुटिङ रोकिने डरले मैले निरन्तर काम गरेँ ।
म प्राविधिक संघको अध्यक्ष भएको दुई वर्ष हुन लाग्यो । पहिले आफ्नो बारेमा मात्र सोचिन्थ्यो, अहिले सबै प्राविधिकको बारेमा सोच्नुपर्छ । उनीहरुले पारिश्रमिक समयमा पाएनन् भने हामीकहाँ आउँछन्, हामीले पहल गरेर दिलाएका पनि छौं । चलचित्र विकास बोर्डसँग मिलेर फिल्मको रिलिज नै रोकिदिन परिपत्र गरेर भए पनि प्राविधिकको पारिश्रमिक तिराउन लगाउँछौं ।
Leave A Comment