ओठ फुटाइ कसरी कम गर्ने ?

सोमबार, २० कार्तिक २०७४, ०१ : ११ शुक्रवार
ओठ फुटाइ कसरी कम गर्ने ?

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भए जस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको ओठ अझ बढी सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुन जान्छ । विशेषगरी बालबालिकामा यो समस्या देखापर्ने भए पनि वयस्कहरुमा पनि उत्तिकै देखिन्छ । ओठले सुन्दरतालाई बढाउने काम गर्छ । ओठ फुटेको छ भने त्यसले सुन्दरतालाई घटाउने काम गर्छ । यतिबेला पहाडी जिल्लामा बिस्तारै चिसो बढिरहेको छ । यस्तोमा धेरैको ओठ फुट्ने गर्छ । मायाज् ब्युटी पार्लरकी गीता गिरिका अनुसार :
–ओठ फुट्नबाट रोक्न र कम गर्न ओठलाई सुख्खा राख्नु हुँदैन । यसमा मोस्चराइजर र भिटामिन ई भएको लिपबाम र लिपिस्टिक लगाउनु पर्छ । पानी बढी पिउनु पर्छ । भिटामिन ईको मात्रा बढी भएका फलपूmल खानुपर्छ ।
–फुटेको ओठलाई ठीक गर्न राति सुत्नुअगाडि नरिवलको तेललाई ओठमा लगाएर सुत्नुपर्छ । यसले ओठलाई नरम बनाउँछ ।
–फुटेको ओठलाई ठीक गर्न बेकिङ सोडालाई पानीमा मिसाएर पेस्ट बनाई ओठमा लगाउनु पर्छ । त्यो पेस्ट ३ मिनेटसम्म राखी सुख्न दिनुपर्छ । त्यसपछि मात्र सफा पानीले सफा गर्नुपर्छ ।
–ओठमा जैतुनको तेल लगाउनाले पनि फुटेको ओठ ठीक हुन्छ ।
–राति सुत्नुअगाडि ओठमा दूधको तर लगाएर सुत्नुपर्छ, यसले फुटेको ओठलाई ठीक गर्छ ।
–राति सुत्नुअगाडि ग्लिसरिनमा कागती र गुलाबजल हालेर ओठमा लगायो भने फुटेको ओठ निको हुन्छ ।  

 

Leave A Comment