हाम्रो पात्रोमा नयाँ सुविधा

बिहिबार, ३० असार २०७३, ११ : ५७ शुक्रवार , Kathmandu
हाम्रो पात्रोमा नयाँ सुविधा

नेपालको सबैभन्दा धेरै डाउनलोड भएको एन्ड्रोइड मोबाइल एपमध्ये एक हाम्रो पात्रोले आफ्नो नयाँ परिमार्जित संस्करण अपडेट गरेको छ । परिमार्जित संस्करणमा सम्बन्धित समाचार हेर्न पाइने व्यवस्था गरिएको छ । यसलाई नेपाली न्युज माइनिङ इन्जिनले स्वचालित रूपमा छनोट गर्ने डेभलपरको दाबी छ ।
नेपाली भाषा संरचना सुहाउँदो एउटा बहुआयामिक र सम्पूर्ण ‘अल्गोरिदम’ मेसिन ‘नेपाली न्युज माइनिङ इन्जिन’ तयार पारिएको र यसले नेपालका सम्पूर्ण अनलाइन समाचार पोर्टलमध्येबाट पाठकको जिज्ञासा र इच्छा अनुसारका समाचार प्रस्तुत गर्न सक्ने सीइओ शंकर उप्रेतीले बताए ।
त्यसै गरी नयाँ अपडेटमा जस्तो इन्टरनेट क्षमता त्यस्तै अवस्थामा खुलिदिने तस्बिरको सुविधा राखिएको छ भने ‘हाम्रो पञ्चाङ’ शृंखलालाई नयाँ रूप दिएर दिन विशेषको तिथिमात्र  नदेखाइ एउटा तिथिको अन्त्य र अर्को तिथिको सुरुवात हुने समय पनि देखाउने बनाइएको छ ।
त्यसै गरी अब हाम्रो पात्रोमा तरकारी बजारअन्तर्गत विभिन्न तरकारीको थोक र खुद्रा मूल्य पनि हेर्न पाइनेछ । ‘टुडे’ विजेटमा पनि लोडसेडिङ विजेटका नोटिफिकेसनहरू थप गरिएको हाम्रो पात्रोले जनाएको छ ।  

 

 

Leave A Comment