काठमाडौंमा गुल्सन ग्रोबर

बिहिबार, ०७ मङि्सर २०७४, ०१ : ५३ शुक्रवार
काठमाडौंमा गुल्सन ग्रोबर

बलिउडका प्रख्यात अभिनेता गुल्सन ग्रोबर यतिबेला काठमाडौंमा छन् । बलिउडमा भिलेन चरित्रमा निकै रुचाइएका उनी यतिबेला यहाँ नेपाली फिल्ममा अभिनय गर्न व्यस्त छन् । उनी ट्री सिटीको ब्यानरमा निर्माणाधीन फिल्म ‘द म्यान फ्रम काठमाडौं’मा पनि भिलेनकै चरित्रमा छन् । यस ब्यानरका प्रमुख क्युएफएक्सका प्रमुखसमेत रहेका नकिम उद्दिन हुन् ।
पेमा धेन्डुपले निर्देशन गरिरहेको फिल्ममा नीर शाह, आना शर्मा, शिशिर वाङ्देल र कर्माको अभिनय छ । हलिउड र बलिउडमा फिल्म निर्देशन र निर्माणको अनुभव बटुलिसकेका पेमाको यसअघिको फिल्म ‘वी आर नो मङ्क्स’ थियो । जसमा गुल्सनले पनि अभिनय गरेका थिए ।
नयाँ फिल्ममा उनी अबु मियाँ नामक खलनायकको भूमिकामा देखिँदैछन् । हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल फिल्मका मुख्य अभिनेता छन् । उनी फैसल मुस्तफाको भूमिकामा छन् । फिल्ममा पाकिस्तानी अभिनेता हमिद शेखको पनि  अभिनय छ ।
निर्माता उद्दिनका अनुसार फिल्मको ९० प्रतिशत छायांकन नेपाल र बाँकी हलिउडको लस एन्जल्समा हुनेछ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म अंग्रेजी भाषामा बनिरहेको छ भने यसलाई नेपालीमा पनि स्वरांकन गरिने निर्माण पक्षले जनाएको छ ।
अमेरिकादेखि काठमाडौंसम्मको एक युवकको यात्राको कथालाई फिल्ममा देखाइनेछ । निर्माताको रुपमा नकिमले पेमासँग टिमअप गरेका हुन् । पेमाकै पटकथा रहेको फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, जोसे म्यानुएलको द्वन्द्व हुनेछ ।

Leave A Comment