‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : ०९ शुक्रवार
‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को अवार्ड जितेको छ ।
राजनीतिक द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कथालाई तीन पात्रमार्फत प्रस्तुत गरिएको फिल्मले सो अवार्ड पाएको हो । नविन सुब्बा निर्देशित फिल्म कोलकाताको फेस्टिभलमा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको छ ।
फिल्म निर्माण भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार फिल्म केही समयअघि दक्षिण एसियाकै प्रतिष्ठित ‘बुसान फिल्म फेस्टिभल’ छानिएको थियो । फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्भिका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।
फेस्टिभलमा ‘इनोभेसन इन मुभिङ इमेज सेक्सन’मा फ्रान्सेली निर्देशक मार्सिला सेड निर्देशित फिल्म ‘लस पेरोस’ले ‘बेष्ट फिल्म’, आइसल्याण्डका निर्देशक आशा हेल्गा झोर्लेफेडेटिरको ‘द स्वान’ले ‘बेष्ट डिरेक्टर’ र पोल्याण्डका निर्देशक जोआन्ना क्रोस कुजा र क्राइजेक्टर क्राउज निर्देशित ‘बर्डस् आर सिङ्गिङ इन किगाली’ले ‘जुरी अवार्ड’ जितेको थियो ।
‘इन्डियन ल्याङवेज फिल्म’ विधामा चेझियान राको ‘टु लेट’ले ‘बेष्ट फिल्म’, डा. बिजुकुमार दामोदरनको ‘साउण्ड अफ साइलेन्स’ले ‘बेस्ट डिरेक्टर’ र पंक्षाक्छरीको ‘पठु्म्मा’ले ‘जुरी अवार्ड’ पाएको थियो ।
त्यस्तै ‘नेशनल सर्ट एन्ड डकुमेन्ट्री कम्पिटिसन’मा आकांक्षा सुद सिंह निर्देशित ‘मृत्युभोजः द डेथ फिस्ट’ले ‘बेष्ट डकुमेन्ट्री’ र अमृतांशु निर्देशित ‘चाहतके गुबारे’ले ‘बेस्ट सर्ट फिल्म’को अवार्ड चुमेको थियो ।

Leave A Comment