जब मनिषा र्याम्पमा हिँडिन्...

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : १३ शुक्रवार
जब मनिषा र्याम्पमा हिँडिन्...

‘एक लड्कीको देखा तो ऐसा लगा...’ एलइडीमा चलिरहेको यो गीतसँगै बलिउडकी प्रसिद्ध अभिनेत्री मनिषा कोइराला जब ¥याम्पमा देखिइन्, तालीले माहोल एकाएक गुञ्जियो । फिल्मको पर्दामा देखिँदै आएकी उनी जब मंगलबार काठमाडौं, सानेपास्थित हेरिटेज गार्डेनको र्याम्पमा हिँड्न थालिन्, धेरैका लागि त्यो क्षण फिल्मको दृश्यभन्दा फरक भएन ।
मनिषाको केही मिनेटको उपस्थितिसँगै दुई घन्टासम्म चलेको क्लासिक डायमन्डको टाइमलेस पारागन ज्वेलरी फेसन सोको विधिवत रूपमा अन्त्य भएको थियो । मनीषा कोइराला क्लासिक डायमन्डको सिजन चार सो टपरको रूपमा अन्तिम मोडलको रूपमा ¥याम्पमा देखिएकी थिइन् । दुई दिन हुने फेसन सोमा बुधबार पनि मनीषा सोज स्टपरको रूपमा प्रस्तुत भइन् ।
अघिल्ला तीन सिजनमा बलिउड अभिनेत्रीलाई सोज टपरको रूपमा निम्त्याउँदै आएको क्लासिक डायमन्डले यो वर्ष मनीषालाई सोज टपरको रूपमा प्रस्तुत गरेको थियो । यसअघि बलिउड अभिनेत्रीहरू मिनिषा लाम्बा, जिनत अमान, सुष्मिता सेनले क्लासिक डायमन्डको फेसन शोमा सोज स्टपरको रूपमा ¥याम्प नापिसकेका छन् ।
‘अन्तर्राष्ट्रियस्तरमा अभिनेत्री मनीषा कोइरालाले नेपाललाई परिचय गराउन महत्वपूर्ण भूमिका खेलेकी छन् । बलिउड फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री कोइरालाले हाम्रो थिम मन पराएपछि उनलाई ¥याम्पमा सोज टपरको रूपमा प्रस्तुत गरेका हौं,’ क्लासिक डायमन्डका समीर महर्जनले भने ।
दुई दिने फेसन सोमा तीन विभिन्न थिममा मोडलहरू ¥याम्पमा देखिएका थिए । ककटेल, गाउन र ब्राइडल थिमको डिजाइनमा नेपाली र अन्तर्राष्ट्रिय २६ जना मोडलहरू र्याम्पमा देखा परे । यसरी ¥याम्प नाप्नेमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र इभाना मानन्धरसहित अन्तर्राष्ट्रिय मोडलिङमा सक्रिय नेपाली मोडलहरू आस्था पोखरेल र अन्जली लामाले पनि र्याम्पमा अभिनेत्री कोइरालालाई साथ दिएका थिए । त्यसबाहेक मोडलहरू मुना गौचन, दिप्ति गुजराल, पारामिता राणा, रेहा सुखेजा, सोनी श्रेष्ठ, हस्लिन कौर, अनुष्का अधिकारी, अरुणी वाइबा,  सोरु बराइली, अल्का राई, आयुष्मा सिंह, सुस्मिता थापा, शिक्षा संगौला, जेनी महर्जन, पूजा श्रेष्ठ, जागृति मल्ल, सुरवी मानन्धर, श्रीजा कोइराला र क्यान्डिका पिन्टो लगायत मोडलहरू तीनै थिमका डिजाइनमा ¥याम्पमा देखिएका थिए ।
ओड्नी बुटिककी खुश्बु डंगोल र राजीव थापाको डिजाइनमा प्रस्तुत भएका मोडलले ककटेल सिक्वेन्समा मिनी पेन्डेन्ट गहना प्रस्तुत गरेका थिए भने भने गाउन शीर्षकको दोस्रो सिक्वेन्समा मिनी नेकलेस प्रस्तुत गरिएको थियो । ब्राइडल शीर्षकको तेस्रो सिक्वेन्समा हेभी नेकलेस र क्राउनलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको बीचमा सुरसुधा र ज्यापू समाजका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । फेसन सोको कोरियोग्राफी रेहान शाहले गरेका थिए भने कार्यक्रमको उद्घोषणा सुप्रिया तुलाधरले गरेकी थिइन् ।

Leave A Comment