दिवसको गीत नेपथ्यको भिडियोमा

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : १५ शुक्रवार
दिवसको गीत नेपथ्यको भिडियोमा

कवि तुलसी ‘दिवस’ ले लेखेको ‘सम्झिराख’ गीतलाई लोकपप व्यान्ड नेपथ्यले आफ्नो दसौं एल्बममा समेटेको छ । व्यान्डले यो गीतको भिडियो पनि तयार पारेको छ । गीतको भिडियो ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधारामा खिचिएको  छ । भिडियोमा ब्यान्डका सदस्यहरु रातको एकान्तमा पुरानो सहरको यात्रामा निस्किएको देखाइएको छ ।
नेपथ्यका गायक अमृत गुरुङले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दै आएको स्मरण गरे । ‘म शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हात परेको थियो,’उनले भने ‘त्यसैमा अटाएको यस कवितालाई मैले संगीतवद्ध गर्ने प्रयास गरेको हुँ ।’ यो वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरेको नेपथ्यले तुलसीको गीतलाई पनि त्यही अवसरमा बनाइएको अमृतले बताए ।
गीतकार दिवसले आफूले कविता बाल्यकालमै रचेको स्मरण गर्दै पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरुको मर्मले छोएपछि प्रकाशित हुन पुगेको बताए । ‘बाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रुपमा अघि बढाउँदै गरेकोमा मलाई खुशी लागेको छ ’ उनले भने ।
नेपथ्यले यसै वर्ष नयाँ एल्बम ल्याउने तयारी गरिरहेको छ । भिडियोको निर्माण नेपालयले गरेको हो ।

Leave A Comment