झरनाको झुट

बिहिबार, ०७ मङि्सर २०७४, ०४ : २० शुक्रवार
झरनाको झुट

आफूअनुकूल समाचार आउञ्जेल दंग पर्ने तर आफूविपरीत समाचार आयो भने पहाडै खसे जस्तो गर्ने कलाकर्मीको यहाँ कुनै कमी छैन । एक दुई होइन उद्योगका अधिकांशमा यस्तै समस्या छ । यस्तै समस्याको सिकार बनेकी छन्, अभिनेत्रीबाट हालसालै निर्देशक बनेकी झरना थापा । उनले आफूले गरेको कुरा पनि होइन भन्दै फेसबुकमा झुटो स्ट्याटस लेखेपछि आफैँले थापेको फन्दामा आफैं परेकी छन् ।
अनमोललाई झरनाले ५० लाख दिएर फिल्म खेल्न अफर गरेको समाचार केही समयअघि आएको थियो । पछि झरनाले फेसबुकमा स्ट्याटस लेख्दै आफूले कहिलै पनि अनमोललाई फिल्मको अफर नगरेको बताएकी बताइन् तर उनले स्ट्याटस लेखेर पानीमाथिको ओभानो बन्ने प्रयास गरे पनि निर्माता सुनिलकुमार थापाले वितरक मनोज राठीका साथ गएर अनमोललाई फिल्म प्रस्ताव गरेको पुष्टि भएको छ । भुवन केसी स्वयंले सुनिल र मनोज आफूलाई भेट्न आएको र समाचारमा आएजति पैसा अफर गरेको बताएका छन् ।
फेसबुक स्ट्याटसमा झरनाले समाचार कपोलकल्पित र भ्रामक रहेकोसमेत दाबी गरेकी छन् । भुवन केसीको जवाफपछि झरनाको प्रतिउत्तर आएको छैन । यदि समाचार भ्रामक र कपोलकल्पित हो भने झरनाले भुवन केसीको पनि भनाइको खण्डन गर्न प¥यो नि हैन ?

 

Leave A Comment