लामो कपालको सुरक्षा

शनिबार, ०९ मङि्सर २०७४, ०३ : ०१ शुक्रवार
लामो कपालको सुरक्षा

हरेक महिलाको लामो र सिल्की कपाल होस् भन्ने चाहना हुन्छ । यसका लागि महिलाहरुले धेरै महँगा स्याम्पु, कन्डिस्नर लगायतका सामान प्रयोग गर्ने चलन छ । यति गर्दा पनि कपाल टुक्रिने वा झर्ने समस्याले दुःख दिने कुरा महिलाहरुका लागि नयाँ पक्कै होइन । लामो कपाल हुने महिलाकोे सबैभन्दा ठूलो समस्या भनेको कपालमा लट्टा पर्ने तथा जेलिइरहने हुन्छ । जेलिएर लट्टा परेपछि लामो कपाल अल्झेर धेरैलाई हैरान पार्ने गर्छ । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कपाल कोर्नु राम्रो हुन्छ । कपालमा स्याम्पु र कन्डिस्नर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काइँयोले कपाललाई कोर्नु पर्छ । यसले अल्झिएका कपाललाई  फुकाउन सहयोग गर्छ । सुकेपछि कपाल अल्झिने समस्या पक्कै कम हुन्छ ।
नुहाएलगत्तै कपालमा ड्राई स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । हेयर स्प्रेले कपाललाई सुख्खा बनाउँछ, त्यसैले यसको प्रयोग कपालमा नगरेकै राम्रो हुन्छ । कपालमा ड्राई स्याम्पुको प्रयोग कम मात्रामा गर्नुपर्छ । यसले कपाललाई बाक्लो देखाउँछ । काममा धेरैले व्यस्त भएको समयमा महिलाहरुले कपाललाई माथि लगेर कसिलो गरी बाँध्ने गर्छन्  । हाई पोनी टेलमा बाँध्दा तल्लो भागको कपाल गह्रौँ हुने र जरामा भार पर्ने हुन्छ । त्यसैले कपाल बाँध्दा हल्का खुकुलो गरेर केही तल्लो भागमै बाँध्नु राम्रो हुन्छ । जसको कपाल लामो छ, त्यस्तो कपाललाई खुला छोडिदिनु पर्छ । कसिलो गरी बाँधिरहँदा कपालको जरासम्म हावा छिर्न पाउँदैन ।
जसको कपाल लामो छ, उसले सुत्ने बेलामा कपाल खुला राखेर सुत्नुु हुँदैन । सुत्दा जहिले पनि कपाललाई केही खुकुलो गरी बाँधेर सुत्नुपर्छ । सकेसम्म सिरानीको खोल सिल्कको प्रयोग गर्दा पनि निकै राम्रो हुन्छ । यसो गर्दा बिहान उठ्दा कपाल जेलिएको वा अल्झेको हुँदैन ।

 

Leave A Comment