नोकिया ८ अब नेपाली बजारमा

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ०१ शुक्रवार
नोकिया ८ अब नेपाली बजारमा

विश्व प्रसिद्ध मोबाइल कम्पनी नोकियाकोे नोकिया ८ नेपाली बजारमा सार्वजनिक भएको छ । यो हाई पर्फर्मेन्स भएको दाबी गरिएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो ।
जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाइन भएको नोकिया ८ मा लाइभ स्ट्रिमिङको लागि डुअल साइट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ ।
यो स्मार्टफोनमा  क्युएचडी डिस्प्ले छ । गुगलद्वारा भर्खरै निकालिएको पछिल्लो  एन्ड्रोइड ८.० ओरियोकोे संस्करण सर्वप्रथम नोकिया ८ लाई उपलब्ध गराएको छ ।
अहिलेको मागअनुसार नोकियाले क्यामेरा नयाँ संस्करणको सफ्टवेयर, प्रोसेसर र डिजाइनमा विशेष केन्द्रित गरी नोकिया ८ बजारमा ल्याएको छ ।
नोकिया ८ एकदमै आकर्षक फोन भएको कम्पनीको दाबी छ । यसमा १४४० इन्टु २५६० र ५५४ पिक्सेल प्रतिइन्च डिस्प्ले रहेको छ ।
यसको क्विक चार्ज ३.० ब्याट्रीले फोन छिट्टै चार्ज हुने र दिनभर नै धेरै फोन कलमा ढुक्कसँग कुरा गर्न सकिने कम्पनीको भनाइ छ ।
चार जिबी र्याम रहेको नोकिया ८ मा ६४ जिबी स्टोरेज पनि रहेको छ जुन दुई सय ५६ जिबीसम्म विस्तार गर्न सकिन्छ । यसको मूल्य ६२ हजार नौ सय ९९ तोकिएको छ । नोकियाको अर्को प्रमुख फोन नोकिया २ पनि बजारमा उपलब्ध छ । ११ हजार चार सय ९९ मा पाइने नोकिया २ मा ४१०० एम एएचको निकाल्न नमिल्ने ब्याट्री छ । 

Leave A Comment