फेरि ‘पोइ’ कै कुरा

शनिबार, ०१ साउन २०७३, ०१ : ५७ शुक्रवार , Kathmandu
फेरि ‘पोइ’ कै कुरा

कोमल वलीले ‘पोइ चाहियो’ भन्दै गीत गाउन थालेको १० वर्ष भइसक्यो । ‘पोइल जान पाम’ भन्दै तीज गीत गाउन थालेकी कोमलले तीजमा शिवजीलाई समेत आग्रह गरिन् । तर, अझैसम्म उनी अविवाहित नै छिन् । यही कारण हुन सक्छ, उनले यही सन्दर्भमा पटकपटक गीत गाइरहेकी छिन् । यस पटक पनि बजारमा गीत रिलिज हुनुअघि नै उनको नयाँ तीज गीतको चर्चा भइसक्यो । यो पल्ट उनले ‘पोइ चाहियो भन्ने चाहिँ लास्टै चोटि हो’ बोलको गीत गायक पशुपति शर्मासँग मिलेर गाएकी छिन् । भिडियोको छायांकनसमेत भइसकेको छ । 

Leave A Comment