५० लाखको हल्ला

सोमबार, ०३ पुष २०७४, ०२ : २५ शुक्रवार
५० लाखको हल्ला

अनमोल केसी नेपालका लागि सबैभन्दा ‘ब्यांकेबल स्टार’ हुन्, त्यसमा शंका छैन । उनका फिल्मले दुई दिनसम्म हलमा दर्शक तान्ने क्षमता राख्दै आएका छन् तर उनलाई फिल्ममा खेलाउन भने निर्माता निर्देशकले महँगो मूल्य तिर्नुपर्ने भएको छ । बजारको तुलनामा अनमोलको भाउ दिन दुई गुना रात चौगुना बढिरहेको छ । दुई वर्षअघि ‘कृ’का लागि २० लाख दिँदा तरंगित भएको फिल्म उद्योग, उनको सो फिल्म रिलिज भएको छैन ५० लाख तिर्न निर्माताबीच तँछाडमछाड देखिएको छ । अहिले पनि अनमोलले हुन्छ भन्ने हो भने निर्माता खुसीसाथ ५० लाख तिर्न तयार छन् ।
कलाकारको जसरी पारिश्रमिक बढेको छ सोहीअनुसार फिल्मको बजार भने बढेको छैन । वर्षभरि रिलिज हुनेमध्ये एकाध फिल्मले मात्र मुनाफा कमाउने गरेका छन् । यस्तोमा बिकाउ स्टारको पछि लाग्नु अनौठो हैन तर जहाँसम्म अनमोलको सवाल छ, जसरी उनले आफ्नो भाउ बढाएका छन् सोहीअनुसार कलाकारितामा पनि निखार ल्याए त ठीकै छ, हैन भने माथि जान बरु समय लाग्छ तर माथिबाट तल झर्न समय लाग्दैन । अनमोल बेलैमा यो कुरा विचार गरेर फिल्म खेले ठीकै हो नत्र भने आर्यन सिग्देल, राजेश हमाल उनका लागि पाठशाला हुन् । अनमोलले अब पैसाले मात्र होइन, फिल्मले पनि हल्लाउने हो कि ?

Leave A Comment