चर्चामा आउने काइदा

आइतबार, ०२ साउन २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
चर्चामा आउने काइदा

फिल्म चपली हाइटमा ‘बोल्ड’ सिन दिएर चर्चामा आएकी अभिनेत्री विनिता बरालका त्यसपछिका कुनै पनि फिल्म चलेनन् । जब उनले अभिनय गरेका फिल्म फ्लप हुन थाले त्यसपछि उनी चर्चामा रहिरहन विभिन्न फन्डा गर्न थालिन् । अग्र्यानिक खेती गर्ने भन्दै टोखामा तरकारी खेती गरेको हल्लीखल्ली गरिन् । असार १५ मा धान रोपेको अभिनय सहितको फोटो सुट गराउँदै मिडियामा छाइरहिन् । केही समय उनले लाजिम्पाट र गोंगबु आवास क्षेत्रमा तरकारी पसल थापेर पनि बसिन् । एक वर्षअघि उनी अध्ययनका लागि भन्दै अमेरिका गइन् । अहिले उनी नेपालमा छिन् । एक वर्ष अमेरिका बसाइपछि नेपाल फिरेकी विनिता अहिले आफ्नो उपन्यास ‘जुइनो’ को प्रचारमा लागेकी छिन् । ‘चपली हाइट’पछि उनले अभिनय गरेका ‘फुलस्टप’लगायत कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेनन् । यसकारण उनको उपन्यास यात्रा पनि चर्चामा आउने फन्डा मात्रै नहोला भन्न सकिन्न ।

Leave A Comment