फेसबुकमा गोप्य सन्देशको परीक्षण

आइतबार, ०२ साउन २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
फेसबुकमा गोप्य सन्देशको परीक्षण

फेसबुकमा अब व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको छ । उसले मेसेन्जर एपको प्रयोग गरी गोप्य सन्देश सेवाको परीक्षण गरेपछि व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको हो । फेसबुकले गठन गरेको एक विज्ञ टोलीले त्यस्ता व्यक्तिगत सन्देश प्रयोगकर्ताले चाहेको समयमा लुकाउन सक्ने बनाएको हो । हाललाई उक्त गोप्य सन्देश सेवा निश्चित समयका लागि परीक्षणका रूपमा रहेको फेसबुकले जनाएको छ ।
सन्देश पठाउँदा प्रयोगकर्ताले एउटा डिभाइस छान्नुपर्ने हुन्छ । मेसेन्जरबाट पठाइएका सन्देशहरू स्वतः डिभाइसमा स्टोर हुन्छ । हाललाई फेसबुकले आर्थिक र स्वास्थ्यसम्बन्धी सन्देशलाई गोप्य सन्देशको रूपमा लिएको जनाएको छ । प्रेम सम्बन्धलाई पनि गोप्य सन्देशका रूपमा लिन सकिने बताएको छ ।
उसले आउँदो गर्मी यामसम्ममा उक्त सेवा विस्तृत रूपमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने पनि जनाएको छ । तर, उक्त गोप्य सन्देशमा भिडियो भने सेयर गर्न मिल्ने छैन ।
उक्त सेवामा कसैले अपशब्द तथा गालीगलौज गरी सन्देश पठाएमा उक्त सन्देशलाई रिर्पोट गर्ने फिचर पनि राखिएको छ । साइबर सेक्यिुरिटी विज्ञ तथा सर्भे विश्वविद्यालयका प्रोफेसर अलान उडल्यान्डले उक्त सेवा ओपन विस्पर स्टिममा आधारित रहेको र यसले सिग्नल पोर्टोकलको प्रयोग गर्ने बताए । तर, उनले यस सेवामा केही प्रविधिक गडबढी आएमा यसको प्रभाव धेरै हुने बताए ।

 

Leave A Comment