आमा निशा

शनिबार, २२ पुष २०७४, १२ : २५ शुक्रवार
आमा निशा

हिरोइनहरुको उमेर छँदै सकभर विवाह हुनै मुस्किल, अझ विवाह भइहाल्यो भने बच्चै पाइहाल्न रहर चैं गरिहाल्दैनन् । तर, अभिनेत्री निशा अधिकारी यो मामलामा फरवार्ड देखिएकी छन् । विवाह गरेको ५ महिनामै निशाले आफू गर्भवती भएको घोषणा गरेकी छन् ।

केही समयअघिदेखि निशा सार्वजनिक कार्यक्रममा पेट छोप्ने कपडा लगाउँदै आएकी थिइन् । निरन्तर यस्ता लुगामा देखेपछि निशा गर्भवती भएको हुन सक्ने धेरैको आशंका थियो तर निशाको फेसबुकमा रोइकराई गरिहाल्ने बानीका कारण धेरैले लेखिहाल्ने हिम्मत गरेका थिएनन् । तर, सोमबार निशा आफैंले फेसबुकमा पुक्क उठेको पेटको तस्बिर हाल्दै आफू आमा बनिसकेको घोषणा गरेकी छन् । निशाले नयाँ वर्षको अवसर पार्दै उक्त तस्बिर सार्वजनिक गरेकी हुन् । निशाले स्ट्याटसमा निशा र शरदको नाम मिलाएर निशारद पनि लेखेकी छन् यसको मतलब धेरैले निशाको गर्भबाट छोरो जन्मिन लागेको अनुमान गरेका छन् । हेर्नुछ, मान्छेको अनुमान मेल खान्छ कि फेल ?

Leave A Comment