इस्टाग्रामलाई स्न्यापच्याटले पछा¥यो

सोमबार, ०३ साउन २०७३, ०२ : ४७ शुक्रवार , Kathmandu
इस्टाग्रामलाई स्न्यापच्याटले पछा¥यो

सामाजिक सञ्जाल स्न्यापच्याटले युवा पुस्तामाझ लोकप्रियताका आधारमा इस्टाग्रामलाई पछि पारेको न्यु पाइपर जाफरीले निकालेको अध्ययनले जनाएको छ । उक्त संस्थाले १४ देखि १९ वर्ष उमेर समूहका ६ हजार ५ सय अमेरिकी किशोर–किशोरीमाझ गरिएको अध्ययनमा २८ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने बताएका थिए भने २७ प्रतिशतले इस्टाग्रामको प्रयोग गर्ने बताएका थिए ।
इस्टाग्राम विगत दुई वर्षदेखि लोकप्रिय सामाजिक सञ्जालको रूपमा रहँदै आएको थियो । गत दुई वर्षमा इस्टाग्राम प्रयोग गर्ने युवाहरू क्रमशः ३२ र ३३ प्रतिशत रहेका थिए । स्न्यापच्याटलाई गत वर्ष १३ प्रतिशतले मात्रा प्रयोग गर्ने गरेको बताएका थिए । ट्वीटर र फेसबुक क्रमश तेस्रो र चौथो स्थानमा रहँदा याहु भने पाचौँ स्थानमा थियो ।
फेसबुकले आफ्नो प्रयोगकर्ताको संख्या बढाउन सन् २०१२ मा एक विलियन डलरमा इस्टाग्राम किनेको थियो भने सोही वर्ष तीन विलियन डलरमा स्न्यापच्याट खरिद गर्न प्रस्ताव गरेको थियो । तर, स्न्याप च्याटले भने उसको यो प्रस्ताव अस्वीकार गरेको थियो ।  

 

Leave A Comment