ह्वावेको नयाँ मोबाइल बजारमा

सोमबार, ०३ साउन २०७३, ०४ : ४९ शुक्रवार , Kathmandu
ह्वावेको नयाँ मोबाइल बजारमा

ह्वावेको कन्युमर बिजनेस गु्रपले वाइ सिरिज स्मार्ट फोनको नयाँ रेन्जमा वाइ फाइभ टु मोबाइल लन्च गरेको छ । उत्कृष्ट बनोट भएको उक्त मोबाइलको मूल्य १२ हजार रहेको कम्पनीले जनाएको छ । उक्त मोबाइल आर्टिक ह्वाइट, ओब्सिडियन ब्ल्याक र गोल्ड गरी तीन प्रकारका कलरमा उपलब्ध छन् । सेमी–सराउन्ड ब्याक कभरले फोनलाई यूनिबडी लुक दिएको र मेटालिक डिजाइनका साथमा भएको ब्याक कभरमा ब्रस मेटल हाउजिङ भएको कम्पनिले बताएको छ ।
५.० इन्च एचडी स्क्रिन रहेकामा प्रयोगकर्ताले स्क्रिनसट, फ्ल्यास लाइट, भ्वाइस रेकर्डिङ वा मन परेको एपको लागि सर्टकटको प्रयोग गर्न सकिने र इजी की लाई पावर की र भोल्युम की भन्दा विपरित भागमा राखिएकाले सहज रुपले सञ्चालन गर्न मद्दत पुग्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ३.८ एमपी ब्याक क्यामरा र फ्ल्यासका साथ २ एमपी फ्रन्ट क्यामरा फ्रन्ट फ्ल्यास र २ एमपी फ्रन्ट क्यामरामा ८४ डिग्री वाइड एंगल  लेन्सका साथ अटो फेस वृद्धिले पिक्टोरियल होराइजन फराकिलो पार्दा सेल्फी खिच्न सहज हुने कम्पनीको भनाइ छ । मोबाइलमा ८ एमपी, एफ २.० एपेचरका साथ बिएसआई ब्याक क्यामरा रहेको र मोबाइलमा प्रयोग गरिएकोे डुअल फ्ल्यास लाइटको प्रयोगले  उत्कृष्ट र स्पष्ट फोटो लिन सकिने कम्पनीले जनाएको छ ।

Leave A Comment