बदलिँदो जीवनशैली, खानपिनको गलत चयन र आवश्यकताभन्दा बढी तनावले मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढाएको छ । नियमित शारीरिक व्यायामको अभावमा समेत मुटु रोगले च्याप्नेहरुको संख्या बढ्दो छ ।
मुटु मांसपेसीले बनेको एक अंग हो जसले शरीरको विभिन्न अंगमा रगत पम्प गरेर पठाउँछ । मुटुको रगत प्रवाह गर्ने धमनीमा जब अवरोध आउँछ जहाँ रक्तसञ्चार रोकिन्छ त्यहाँको मांसपेशी मर्न थाल्छ । त्यसले मुटुको काम गर्ने पक्रियामा अवरोध पु¥याउँछ र हृदयाघात हुन्छ ।
मुटु रोग लाग्ने निश्चित उमेर समूह हुन्न । जुनसुकै उमेर समूहका व्यक्ति यसबाट प्रभावित हुन सक्छन् । उमेरअनुसारका लक्षण समेत हुन्छन् नै । यसबाट जोगिनका लागि सबैभन्दा पहिला ध्यान दिनुपर्ने विषय बानीव्यहोरा नै हो । बानीमा सुधार गरे मुटुरोगबाट बच्न सकिन्छ ।
कोलस्टोर र मुटुको सम्बन्ध निकट हुने भएकाले यसको नियन्त्रण आवश्यक छ । कोलस्टोर बढेमा त्यसले मुटुमा असर पार्छ । हाई ब्लड प्रेसर छ भने पनि नियमित औषधि सेवन गर्ने खानपिनमा ध्यान दिने र नियमित एक्सरसाइज गर्नुपर्छ । यसले हृदयाघातको जोखिम कम गर्छ ।
हृदयाघातको अर्को कारण धूमपान पनि हो । रोमको सेन फिलिप्पो नेरी अस्पतालको फ्यूरियो कोलिबिच्चीको अनुसन्धानमा हृदयाघातपछि पनि जसले धूमपान जारी राख्छ उसलाई पुनः हृदयाघातको जोमिख उच्च हुने उल्लेख छ ।
हृदयाघातको जोखिम कम गर्न आफ्नो तौलसमेत नियन्त्रणमा राख्न आवश्यक छ । मोटोपनासँगै बढ्ने बोसोले रक्त प्रवाहलाई प्रभावित गर्नसक्छ । आफ्नो लम्बाई र उमेरको आधारमा आवश्यक तौल पहिल्याएर तौल नियन्त्रणमा राख्नु बुद्धिमानी हो । हृदयाघातको अर्को कारक सुगर पनि हो । सुगरको रोगीले सुगरको मात्रा नियन्त्रणमा राख्न आवश्यक छ ।
अर्को महत्वपूर्ण पाटो खानपिन हो । अत्यधिक चिल्लो खाना, ड्राइफुडको नियमित सेवनले समेत हृदयाघातको जोखिम बढाउँछ । भिटामिन ई, मैगनिसियम, फाइवर, पोटासियम रहेको खानेकुरा खाने हो भने यसले हृदयाघातको जोखिम कम गराउँछ । तारेको खानेकुरा र नुनको मात्रा जति कम गर्नसक्यो उति उत्तम हुन्छ ।
तरकारीलगायतका तेल प्रयोग हुने खाना पकाउँदा जैतुनको तेलको चयन राम्रो मानिन्छ । सकेसम्म थोरै तेलको प्रयोग मुटुको आयु बढाउन फाइदाजनक हुन्छ । सबैभन्दा महŒवपूर्ण पक्ष नियमित एक्सरसाइज नै हो । पसिना निस्कने गरी आधादेखि एक घण्टा नियमित एक्सरसाइज गर्दा त्यसले रक्त प्रवाहलाई सहज बनाउँछ । मोटोपना कम गर्छ । आयु बढाउँछ ।
प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै मुटुरोग छ या छैन भनेर पत्ता लगाउन सकिन्छ । परीक्षणमा लक्षण देखिए तत्काल उपचार गरेर गम्भीर अवस्था आउनु अगाडि नै नियन्त्रण गर्न सकिन्छ । रोग छिप्पिए उपचार कठिन र महँगोसमेत हुन्छ ।
छाति दुख्ने, ढक्क फुल्ने, छातिमा बेचैनी हुने, भारीपन महसुस हुने जस्ता संकेत देखिए तत्काल अस्पताल गएर जचाउनु उत्तम हुन्छ । सास फेर्न कठिन भयो, केही बेर हिँड्दैमा अप्ठेरो हुने, चाडै गल्नेजस्ता लक्षण छ भने चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।
हात झमझमाउने, शरीरको कुनै भाग काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्या, छुँदा थाहा नहुने भयो भने समेत चिकित्सकको सल्लाह लिनु आवश्यक छ । मुटुको चालको परीक्षण बेलाबखत गरिरहनुपर्छ । सामान्यतया स्वस्थ मुटु एक मिनेटमा ६० देखि एक सय पटकसम्म धड्कन्छ । यसमा तलमाथि भयो भने जचाउनुपर्छ ।
लक्षण
मुटुको चाल बढेको अनुभव हुन्छ ।
रिंगटाले गर्दा बेहोस पनि हुन्छन् ।
छाती दुखेको अनुभव हुन्छ ।
सास फेर्न गाह्रो हुन्छ ।
कारण
– हृदयाघातपछि मुटुको चालमा हुने गडबडी ।
– जन्मजात ।
– मुटुको संक्रमण ।
उमेरजन्य कारण ।
जोगिने उपाय
– नियमित व्यायाम
– चिल्लो र नुन कम खाने
– धूमपान र मध्यपान नगर्ने,
– रक्तचापलाई नियन्त्रणमा राख्ने,
– सुगर कन्ट्रोल गर्ने
– मोटोपन कम गर्ने
वन्लीमाईहेल्थडटकम
Leave A Comment