१५ मिनेटका ३ एक्सरसाइज

शनिबार, २६ फागुन २०७४, ०२ : २६ शुक्रवार
१५ मिनेटका ३ एक्सरसाइज

व्यस्त दैनिकीमा शारीरिक व्यायामका लागि समय निकाल्न कठिन हुन्छ । नियमित दौडने, पौडि खेल्ने, व्यायामशाला जाने र योग गर्न सधँै समय नहुन पनि सक्छ । तर जहाँ समस्या त्यहाँ उपाय नहुने हैन । १५ मिनेटको समय निकालेर घरको कोठामै सहजरूपमा गर्न सकिने व्यायामसमेत छन् जसले शरीरलाई फिट राख्न सहयोग पुर्याउँछ ।


क्रन्चेज  ः शरीरमा एप्स प्याक निकाल्न क्रन्चेज सबैभन्दा प्रभावकारी हुन्छ । यो सरल छ र सहजै घरको कोठामा समेत गर्न सकिन्छ । यसका लागि जमिनमा ढाडको सहारामा सुतेर खुट्टा सिधा फैलाउनु पर्छ । टाउकोको पछाडि दुवै हात राखेर शरीरको आधा भाग बिस्तारै उठाउँदै यो व्यायाम गर्नुपर्छ । सावधानी नअपनाउँदा डिस्क खुस्किन सक्छ । यसमा ध्यान दिन आवश्यक छ । 


स्क्वाट : खुट्टाको मांसपेशीलाई बलियो बनाउनका लागि यो एक्सरसाइज प्रभावकारी हुन्छ । यसको नियमित अभ्यासले खुट्टाको मांसपेशी बलियो बनाउँछ । यसले पिँडुला, थाईको मांशपेशीलाई बलियो बनाउँछ ।

पुसअप : यो हेर्दा नियमित गर्न सकिने सहज एक्सरसाइजको विधि हो । यसले तपार्इंको छातिको मसल्स त बलियो बनाउँछ नै, एप्स, ट्राइसेट निकाल्न र काँध बलियो बनाउनसमेत सहयोग पु¥याउँछ । छाती र काँधको मसल बलियो बनाउन नियमित पुसअपले सघाउँछ । यसले स्वास्थ्यको रोगलाई समेत सहयोग पु¥याउँछ ।

Leave A Comment