महिला किन सन्तुष्ट हुन्नन् ?

बिहिबार, २१ असार २०७५, ०२ : ५५ शुक्रवार
महिला किन सन्तुष्ट हुन्नन् ?

प्रायः यौन सम्बन्ध सबैभन्दा निकटका व्यक्तिसँग हुन्छ । आनन्ददायी सम्बन्धका लागि कुनै पनि यौनजोडी शारीरिक र मानसिक रुपमा सम्बन्धका लागि तयार हुन आवश्यक पर्छ । यौन शिक्षाको अभावमा मन मिलेका जोडी बीचको सहवास पनि सुखद् हुन सक्दैन । स्खलन हुनु मात्रै सन्तुष्टि हैन । यस्तो बेलामा यौन साथीमध्ये एक जना तृप्त हुने र अर्को प्यासै रहने समस्यासमेत देखिन्छ । 

यस्तो समस्याले विवाहितबीच अतिरिक्त वैवाहिक सम्बन्धको जोखिम बढ्छ । यौन सन्तुष्टिको मामलामा पुरुषभन्दा महिला निकै संवेदनशील हुन्छन् । शारीरिक र प्राकृतिक रुपमै उनीहरु यस मामिलामा पुरुषको तुलनामा संवेदनशील हुन्छन् । 

पार्टनरले उनीहरुको संवेदनशीलता र भावना नबुझ्दा उनीहरु भड्किने जोखिम रहन्छ । जुन विवाहित र विश्वासिलो पार्टनरका लागि सुखद् पक्ष पक्कै हैन ।

व्यस्तता र मानसिक समस्याले समेत यस्तो अवस्था ल्याउन सक्छ । कुनै–कुनै रोगले समेत यौन गतिविधिमा अप्ठेरो ल्याउँछन् । जस्तो पुरुषमा चिनीरोग लागेको छ भने सिरा र धमनीका पर्खाल बाक्लिँदै जान्छ र रक्त सञ्चार कम हुन्छ । यसले लिंग लुलो हुने, यौन इच्छा कम हुने हुनसक्छ । 

कहिलेकाहीँ शारीरिक र मानसिक अवस्था सबै ठीक छ र नियमित सहवास पनि भइरहेको छ तर महिला यौन साथी सन्तुष्ट नहुने गरेको समेत देखिन्छ । यो महिलामा हुने रोगका कारण समेत हुनसक्छ ।
महिलालाई चिनी रोग लागेको छ र यस रोगमा कुनै संक्रमण भयो भने फंगसको वृद्धि हुन्छ । फंगस वृद्धि हुँदा चिलाउँछ र कन्याउँदासमेत यौन उत्तेजना हुनसक्छ । 

योनिको मूत्रजन्य बाटोको संक्रमण, फंगस, इन्फेक्सन, ट्राइको मोनस लगायतका समस्याका कारणले पनि यौन सन्तुष्टि नभएको अनुभव हुनसक्छ । 

यौनजोडी परिवर्तन गर्ने बानी छ भने पनि एकै व्यक्तिसँगको नियमित सम्बन्धले मात्र यौन सन्तुष्टि नमेटिएको अनुभव हुनसक्छ । यो शारीरिकभन्दा पनि मानसिक समस्या हो । यो पनि एक प्रकारको रोग नै हो । 

महिलामा यौन उत्तेजना धेरै भयो वा श्रीमान्सँग नियमित यौन सम्पर्क गर्दासमेत यौन सन्तुष्टि मेटिएको अनुभव भएन भने यौन पार्टनरसँग खुला छलफल र आवश्यकताअनुसार चिकित्सकको सहयोगसमेत लिनुपर्छ । 

सहवासका क्रममा के राम्रो लाग्छ, के नराम्रो लाग्छ, कहाँ, कुन समयमा सहवास गर्दा बढी आनन्द लाग्छ, कुन पोजिसनमा सहज हुन्छजस्ता विषय मनमा लुकाएर राख्नुभन्दा आफ्नो पार्टनरसँग छलफल गर्नु राम्रो हुन्छ । 

यौन पार्टनरलाई नराम्रो लाग्ने व्यवहार नगरेको राम्रो । दुवै पार्टनरले बुझ्न आवश्यक छ, सहवासमा हुने सक्रियता शारीरिक मात्रै हैन मानसिक पक्ष पनि उत्तिकै सबल हुन जरुरी छ । यौन पार्टनरबीचको सुखद् सम्बन्धका लागि खुला छलफल अति महत्वपूर्ण हुन्छ ।

सूचना ः याैन सम्बन्धी कुनै जिज्ञासा वा समस्या भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुन्छ । हामी तपाइकाे जिज्ञासा विज्ञ चिकित्सक समक्ष पूर्याएर समाधानकाे उपाय खाेज्ने छाैं ।
 

Leave A Comment