डामिलानो इटालीको सेल अफर

शुक्रबार, २२ असार २०७५, ०५ : ०३ शुक्रवार
डामिलानो इटालीको सेल अफर

आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

विगतमा जस्तै यसपटक पनि ग्राहकको आवश्यकतालाई ध्यानमा राखी सेल अफर ल्याएको व्यवस्थापक प्रकाश पौडेलले बताएको जारी विज्ञप्तिमा उल्लेख छ । 

सोरुम सञ्चालनमा आएदेखि नै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्तामाझ लोकप्रिय रहेको जनाएको छ । यस ब्रान्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली, कम्प्युटर ब्याग, सिलिङ ब्याग, छालाको बेल्ट, जेन्स पर्स लगाएका सामान युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको विज्ञप्तिमा जनाइएको छ । 
 

Leave A Comment