'एउटा केटाले ‘म ५० हजार तिर्छु’ भनेर पैसा अफर गर्याे'

शुक्रबार, २९ असार २०७५, ०३ : २४ शुक्रवार
'एउटा केटाले ‘म ५० हजार तिर्छु’ भनेर पैसा अफर गर्याे'

सोनिका रोकाया
भिजे-युट्युबर 

सेक्स के हो ?
दुई आत्माको मिलन । यो जोसँग पनि हुँदैन । पैसा तिरेर या लिएर हुने सेक्समा दुःखाई हुन्छ तर मन मिलेर गरेको सेक्समा छुट्टै आनन्द हुन्छ । 

अनुभव त छ नि ?
(हाँस्दै) छैन, अहिलेसम्म भर्जिन हो नि ! (एकछिन सोचेर) तपाईंलाई के लाग्छ ? यदि तपाईंको सोचाइमा ‘छ’ भन्ने लाग्छ भने लिएको छ, छैन भन्ने लाग्छ भने लिएको छैन । यसको जवाफ तपाईंलाई छोडिदिएँ । 

कस्तो पुरुष सेक्सी लाग्छ ?
मभन्दा ५÷१० वर्ष जेठो मान्छे नै मनपर्छ । अनुभवी पनि हुन्छन्, बुझकी पनि । मलाई आकर्षक लुक्सले छिट्टो आकर्षण गर्छ । 

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?
म एभ्री नाइट सुत्नुअघि पोर्न मुभी हेर्छु । ल, यो सत्यता खुलाइदिएँ । यो नहेरी मलाई निन्द्रा आउँदैन । (त्यसपछि जोडले हाँसिन् ।)  

ड्रिम ब्वाय कोही छ, जोसँग सेक्सको इच्छा छ ? 
छैन । इच्छा भन्ने कुरा जोसँग पनि जाग्दैन । एक रातका लागि सम्झौता गरिने सेक्सलाई प्रेम भनिँदैन । सेक्स भनेको त प्रेम हो नि !  यो त मन परेको मान्छेसँग नै हुन्छ । एक रात सम्झौता गर्दा फँसिएला । के थाहा, त्यो मान्छे रोगी पनि हुन सक्छ नि ! भोलिपल्ट एचआइभी लाग्यो भने त लाइफ ध्वस्त भइहाल्छ नि !

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?
अवश्य राख्छ । ब्याकग्राउन्डमा रोमान्टिक गीत बजिरहेको होस् । अझै स्विमिङ पुल होस् । यसको मज्जा नै छुट्टै !

तपाईं सेलिब्रिटीलाई इन्टरभ्यु लिँदा सेक्ससम्बन्धी प्रश्न खुलेर गर्नुहुन्छ । कतिको लजाउँछन् सेलिब्रिटीहरु ?
कोही लजाउँछन् । यो सब समाजको संकुचित सोचको कारण हो । तर मेरो सोध्ने तरिकै यस्तो छ कि धेरै मान्छे रिसाउँदैनन् ।  

तपाईं अरुलाई सोध्नुहुन्छ– सेक्स प्रस्ताव कत्तिको आउँछ । मैले तपाईलाई यही प्रश्न सोधेँ भने के भन्नुहुन्छ ?
यो त कुरै नगरौं ! म कार्यक्रम चलाउँदा सेक्सलाई अप्ठेरो नमानी हल्का रुपमा प्रस्तुत गरिरहेकी हुन्छु । सेक्स विषयमा प्रश्न सोधेको देखेर होला धेरै दर्शकले अफर गर्छन् । एकपल्ट फेसबुकमा ओरिजनल फोटो नराखेको एउटा केटाले ‘म ५० हजार तिर्छु’ भनेर पैसा अफर गर्याे । मैले फेसबुकमै राखिदिएँ स्क्रिनसट । अनि त्यसले मलाई ब्लक गर्याे । 

प्रायः पुरुषले सेक्स प्रस्ताव राखेको मात्रै सुनिन्छ । तपाईले राख्नु भएको छ कि छैन ?
टिन एज टाइममा राखेकी छु । केटाहरुको पर्सनालिटीले मलाई लोभ्याउँछ । यसमै त सेक्सुअल डिजाइर उत्पन्न हुन्छ तर विडम्बना मैले प्रपोज गरेको मान्छेले मलाई स्वीकारेन । मलाई प्रस्ताव गर्नेलाई मैले स्वीकारेको छैन । त्यसैले होला, अहिलेसम्म सिंगल ! (हाँस्दै) । 

सेक्समा आसनले कत्तिको अर्थ राख्छ ?
(जोडले हाँसिन्) । सन्तुष्टि ठूलो कुरा हो, त्यसपछि त आसन जस्तो भए पनि जय होस् । 

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
१ सयमा दुई सय प्रतिशत छ (हाँस्दै)। 

आफू कतिको सेक्सी छु भन्ने लाग्छ ?
अलिअलि छु होला, त्यसैले त अरुले हेर्छन् तर खासै छुइनँ किनभने मसँग राम्रो बम छैन (हाँस्दै) ।  

दर्शकलाई कण्डम प्रयोगबारे प्रश्न सोध्दै हिड्नुहुन्छ । आफैँ कत्तिको प्रयोग गर्नुहुन्छ ?
मैले सेक्स नगरेको कति धेरै वर्ष भयो...(हाँस्दै) । (आँखा झिम्काउदै) अहिले मेरो ब्वायफ्रेन्ड बाहिर हुनुहुन्छ...।

किन झुट बोलेको ?
(हाँस्दै) कन्डम त आवश्यक छ नि ! यो त सबैले प्रयोग गर्नुपर्छ । 

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
त्यस्तो ठूलो पाप होइन । मन मिल्ने मान्छेसँग गर्न पाइन्छ । आखिर बिहेपछि पनि कहानी त्यहीँ गएर खत्तम हुने हो । यौनकर्मीसँग जानुभन्दा त गःलफ्रेन्डसँग गरेकै राम्रो नि ! बरु सेक्रेसी मेन्टेन गर्न सकिन्छ । 

समलिङ्गी सेक्सलाई कसरी लिनुहुन्छ ?
(मुस्कुराउँदै) तपाईंलाई थाहा छ कि नाई– म लेस्बियन हो । तपाईंले याद गर्नुभएको भए म भिडियोमा पनि बढी केटाभन्दा केटीलाई प्रायोरिटी दिइरहेकी हुन्छु । सुन्दा भद्दा सुनिएला तर मलाई केटाभन्दा केटीमै बढी फिलिङ्स आउँछ । सिरियस्ली भनिरहेकी छु । त्यसैले म घरी ब्वाइफ्रेन्ड उता छ, घरी यता छ भनेर गफ दिइरहेकी हुन्छु । एकपल्ट मलेसिया कार्यक्रमका लागि जाँदा रमाइलो अनुभव छ । मलेसियाको बार डान्समा थियौं । एउटा राम्री केटी देखेकी, हेरेको हेरै भएँ । मेरो एक जना दाइ पनि हेरेको हेर्यै हुनुभयो । त्यो केटीले मलाई युट्युबमा देखेकी रैछ, चिनिहाली । मैले उसलाई पैसा दिएँ । ऊसँगै नाचेँ । कानमा सुटुक्कै प्रस्ताव गरेँ, ‘मलाई केटीहरु मनपर्छ । तिमी एकदमै मनप¥यो । विल यु बी माई गर्लफ्रेन्ड ?’ यो कुरा नपत्याए, प्रिती आले (गायिका)लाई पनि सोध्न सक्नुहुन्छ, मसँगै हुनुहुन्थ्यो । त्यसपछि हामी फेसबुकमा कनेक्ट भयौं । हेरौं, अब भविष्यमा के हुन्छ ?  

अब यो कुरा पढेपछि तपाईंका केटा फ्यान घट्ने भए !
नाइँ, पर्दैन । (हाँस्दै) क्षमता छ भने ट्राइ गरे हुन्छ, जे पनि हुनसक्छ । 

भनेपछि समलिङ्गी सेक्सको अनुभव पनि होला ? 
छ । ला...यसो भन्दा मलाई लाइक गर्ने कति केटा मान्छे अब ढल्ने भएँ (हाँस्दै) । तर म त्यसो नर्गुस् भन्छु । ट्राइ गर्नुस् । मैले सन्तुष्टि लिन नसके पनि दिन त सक्छु, प्रिय (हाँस्दै) । 

यति ओपन्ली भन्दा समाजको डर लाग्दैन ? 
समयसँगै समाज परिवर्तन हुनुपर्छ, भइरहेकै छ । हिजो जस्तो लुगा लाउन पाँइदैनथ्यो, अहिले त्यो सिम्पल भइसकेको छ । आज मैले सेक्ससम्बन्धी गफ खुलेर गर्दा गाली खाउँली तर भोलिको पुस्ताले खुलेर कुरा गर्न पाउँछ । हो, म सुरुवाती फेज (सानै)बाटै यस्तो हो । होस्टेल लाइफमा पनि टम ब्वाई तरिकाले हिँडे । स्कुलमा केटीहरुलाई कसैले जिस्काउँदा म रक्षक हुन्थें, केटाहरुलाई थर्काइदिन्थेँ । बढी संगत मेरो केटीसँगै भयो । होस्टेलमा पनि केटी, स्कुलमा पनि केटी नै । बझाङजस्तो विकट ठाउँको मान्छे, जहाँ केटा मान्छेसँग बोल्नु, हिँड्नु भनेको पाप मानिन्थ्यो । बाउआमाको इज्जतको सवाल उठ्थ्यो । 

त्यही त, त्यसरी हुर्किएको मान्छे कसरी यति ओपन हुन सकेको ?
म आफैँ भगवानलाई सोध्छु, ‘ह्वाट इज रङ विथ मी !’ म किन आफूलाई कन्ट्रोल गर्न सक्दिनँ ? ड्याडी–ममीले पनि यसरी खुलेर कुरा नगर भन्नुहुन्छ । तर म समयअनुसार हिँड्नुपर्छ भन्छु । जिन्दगी आफ्नो तरिकाले बाँच्नुपर्छ भन्ने लाग्छ । 
प्रस्तुति : दिनेश शाही


 

Leave A Comment