गर्भावस्थाको यौन अासन

आइतबार, ३१ असार २०७५, ०६ : २५ शुक्रवार
गर्भावस्थाको यौन अासन

गर्भवती अवस्थामा सुरुका तीन महिना र अन्तिम तीन महिना यौन सम्पर्क नगरे राम्रो । दुबैको सहमती भएमा सावधानीका साथ गर्भवती हुने समयको अन्तिम एक महिना अगाडिसम्म यौन सम्पर्क गर्न सकिन्छ ।  

गर्भका तीन चरण
गर्भावस्थालाई ३÷३ महिनामा बाँडेर हेर्न सकिन्छ । गर्भ बसेको पहिलो तीन महिनालाई पहिलो ट्राइमेस्टर भनिन्छ । पहिलो तीन महिनामा यौन सम्बन्ध नराखेको राम्रो हो । यो बेला सम्बन्ध राख्दा गर्भ खेर जाने सम्भावना हुन्छ । 

तीन महिनादेखि ६ महिनासम्मको समयलाई दोस्रो ट्राइमेस्टर भनिन्छ । यो अवस्थामा पाठेघर बढ्दै जान्छ । पाठेघरको आकार बढ्दै जाने भएकाले पेट पनि बढ्दै जान्छ । 

त्यसैले गर्भवस्थामा यौन सम्पर्क गर्दा गर्भको बच्चामा असर हुन सक्छ । यौन सम्बन्ध राख्दा पेटमा दबाब हुने भएकाले गर्भको बच्चालाई असर पर्न सक्छ । त्यसैले यस अवधिमा यौन सम्बन्ध राख्दा बढी सावधानी अपनाउनुपर्छ ।

छदेखि नौ महिनासम्मको समयलाई तेस्रो ट्राइमेस्टर भनिन्छ । तेस्रो चरणमा पाठेघर धेरै बढ्दै जाने भएकाले पछिल्लो तीन महिनाको समयमा पनि यौन सम्बन्ध नराख्दा नै राम्रो हुन्छ ।
। 
शुक्रकीटले गर्भको बच्चामा असर
आमाको पाठेघरमा बच्चा बस्ने वरिपरि झिल्ली हुन्छ । गर्भवती भएको समयमा यौन सम्बन्ध राख्दा पुरुषको शुक्रकीट महिलाको योनिभित्र स्खलित भयो भने बच्चा बस्ने झिल्ली फुट्न सक्छ । शुक्रकीटमा ‘लाइसो’ नामक रसायन हुन्छ, जसले गर्भमा रहेको बच्चा बस्ने झिल्ली फुुटाउने सम्भावना हु्न्छ । शुक्रकीटले बच्चा बस्ने झिल्ली गलाउन सक्छ । झिल्ली गल्यो भने फुट्छ । झिल्ली फुट्यो भने बच्चालाई इन्फेक्सन हुन सक्छ । 

गर्भिणी महिलासँगको यौन संसर्ग गर्दा पुरुषले सामान्यतः स्त्रीको स्तनमा समाउँछन् । यस्तो अवस्थामा अक्सिटोसिन हार्मोन उत्पादन हुन्छ । अक्सिटोसिनले पाठेघर खुम्चिन्छ । पाठेघर खुम्चिने भएकाले महिना नपुगी बच्चा जन्मिने सम्भावना हुन्छ । 

गर्भवती हुँदा यौनाङ्ग लगायतमा रक्त सञ्चार बढ्छ । रक्त सञ्चार बढ्ने हुँदा महिलामा यौन चाहनासमेत बढ्न सक्छ । सबैलाई गर्भवती भएको समयमा यौन चाहना बढ्छ भन्ने हुँदैन । कसैलाई गर्भवती भएको समयमा यौन चाहना नहुन पनि सक्छ । 

यौन आसन र समाधान
गर्भावस्थामा यौन सम्पर्क गर्दा आसन परिवर्तन गर्नुपर्छ । गर्भवतीको पेटमा दबाब नपर्ने गरी महिला कोल्टे परेर तथा ढल्किएर यौन सम्पर्क गर्न सकिन्छ । महिला घोप्टो परेर पनि यौन सम्पर्क गर्न सकिन्छ । यस्तो बेला कण्डम प्रयोग गर्दा राम्रो । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment